प्रधानमन्त्री कार्कीले आज निगौल गाईगौशाला निरीक्षण गर्नुहुने
प्रधानमन्त्री शुशीला कार्कीले शुक्रबार महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाईगौशालाको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।
रौतहटको गढिमाइ नगरपालिकामा करदाता सेवा सुरु
रौतहटको गढिमाइ नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन भएको छ । करदाता सेवा स्थानीय तहमार्फत गर्ने नेपाल सरकारको निर्णय अनुसार बिहीबारदेखि यस पालिकामा करदाता कार्यालय सञ्चालन भएको हो ।
मालपोत र नापीको ‘सर्भर’ नचल्दा सेवाग्राहीलाई सास्ती
‘सर्भर’ नचल्ने समस्या बारम्बार आइरहँदा सर्लाहीका मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही हैरान भएका छन् । जिल्लाको हरिवन, बरहथवा र मलङ्गवामा रहेका मालपोत तथा नापी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले सर्भर ढिलो चल्ने र लामो समयसम्म चल्दै नचल्ने समस्याका कारण हैरानी पाएका हुन् ।
आठ जना प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दाका आठ जना फरार प्रतिवादी पक्राउ गरि सप्तरी जिल्ला अदालत दाखिला गरेको छ ।
सामुदायिक वनमा आगलागी हुँदा २ हेक्टरमा लगाइएको बिरुवा नष्ट
रौतहटको गुजरा नगरपालिका-३, जङ्गलसहियामा रहेको पशुपति सामुदायिक वनमा बिहीबार आगलागी भएको छ ।
रौतहटमा आर्थिक गणना कार्यालय स्थापना
रौतहटमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम गौरमा रहेको साविकको करदाता सेवा कार्यालयको भवनमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएको हो ।
आकासे वर्षाको प्रतीक्षामा आँप किसान
धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् । पातनै नदेखिने गरी मज्जरले ढकमक्क ढाकिए पनि समयमा पानी नपर्दा उत्पादनमा असर पर्ने चिन्ताले आँप किसान निराश बनेका हुन् ।
अवैध उत्खननमा संलग्न आठ ट्रयाक्टरसहित चालक नियन्त्रणमा
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा बालुवा उत्खननमा संलग्न आठ वटा ट्रयाक्टरसहित चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्वाचनमा सहयोग गर्नेलाई सम्मान
महोत्तरी क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय बर्दीबासले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन योगदान गरेको भन्दै १८ जनालाई सम्मान गरेको छ ।
स्कुल बसले किचेर बालकको मृत्यु
सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ ।
मुआब्जा विवादले रेल्वेको काम रोकियो
भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ ।
बेला र खैराका १७० परिवारलाई लालपुर्जा वितरण
सर्लाहीको ईश्वरपुर नगरपालिका १० बेला र खैरा गाउँका १७० परिवारलाई बुधबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्रदान गरिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ । ‘होमस्टे’ जस्तै अवधारणामा आधारित वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला, संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको हो ।
‘शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्र प्राथमिकतामा रहन्छ’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव विजय भएपछि चर्चाको विषय बनेको छ । चर्चा हुनुको कारण उहाँ
वडा कार्यालय भवन निर्माण कार्य सुरु
लहान नगरपालिका वडा नं. २४ मा वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको छ। वडावासीहरूको दैनिक प्रशासनिक कार्य सञ्चालन सहज बनाउन लहान नगरपालिकाले वडा कार्यालय नभएका वडाहरूमा भवन निर्माण कार्यलाई तीव्रता दिएको हो।
डढेलो नियन्त्रणको लागि सचेतना र्याली
वन डढेलो नियन्त्रणको डिभिजन वन कार्यालय रौतहटले सचेतना अभियान सञ्चलान गरेको छ । अभियान अन्तर्गत बुधबार कार्यालयले चन्द्रनिगाहपुरमा सचेतना र्याली निकालेको हो ।
सडक फुटपाथ खाली गराउन अभियान सञ्चालन
मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेशको राजधानी जनकपुरधामको सडक फुटपाथ खाली गराउन बुधबारदेखि अभियान सञ्चालन गर्नुभएको छ ।
बीपी राजमार्गबाट ब्राउन सुगरसहित चार पक्राउ
बर्दिबास नगरपालिका –३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
एक करोड फिरौती माग्ने अभियुक्त जेल चलान
सप्तरी जिल्लामा सात वर्षीया बालिकाको अपहरण गरेर फिरौती मागेको अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।
छ दिनदेखि मावि कुपहीमा तालाबन्दी
लगातार छ दिनदेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित श्रीजनता माध्यमिक विद्यालय, खुदीवखारी कुपहीमा तालाबन्दी कायमै छ ।
केरा खेतीको बिमा नहुँदा किसान मारमा
केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् ।
सुशासन र विकासका लागि स्थानीयस्तरबाटै काम सुरुवात गर्ने
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामजी यादवले जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश यादवलाई १४ हजार १४१ भन्दा बढी मत
जनकपुरधाम सहर व्यवस्थापन सुधारका लागि प्रदेश सरकारको अग्रसरता
मधेश प्रदेशको राजधानी जनकपुरधामको सौन्दर्यीकरण तथा सडक,फुटपाथ,ई रिक्सा,सरसफाई र छाडाचौपायाको व्यवस्थापनका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल रहेको बताउनुभएको छ ।