सडक दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु
सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनीस्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
दास समुदायको पुर्ख्यौली पेशाा नै सङ्कटमा
सिरहा नरहा गाउँपालिका बढडा नम्बर –४ का तत्मा (दास ) दलित समुदाय सनपाट (पटुवा) को डोरी बाह्रै महिना बेचेर गुजारा गर्थे ।
सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण
सप्तरीको तिरहुँत गाउँपालिका ३ गोइठी स्थित रहेको श्री भवानी राधा आधाभूत विद्यालयलाई नेपाल युथ पाउन्डेसन नेपालले नवनिर्मित सुविधा सम्पन्न ४ कोठे भवन, एक कोठे भान्सा, छात्र छात्राका लगि छुट्टाछुट्टै दुई कोठे चर्पी बुधबार एक कार्यक्रमबिच हस्तान्तरण गरेको छ ।
खेतमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकजना बालिकाको जमेको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ घर भएका भगवती यादवको दुई वर्षीय छोरी श्रृष्टि कुमारी यादवको जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त
मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
गौरीडाँडामा खुला भलिबल प्रतियोगिता सुरु
बर्दिबास-३, गौरीडाँडामा खुला भलिबल प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु भएको छ।
जनमत पार्टीले जितेन्द्र सोनारलाई मुख्यमन्त्रीका लागि समर्थन
मधेश प्रदेशमा नयाँ सरकार गठनको दौडमा निर्णायक मानिएको जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल)लाई आधिकारिक रुपमा समर्थन गरेको छ ।
कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनार दुवैको मुख्यमन्त्रीमा दाबी
मधेश प्रदेशमा सत्ता समीकरण फेरिँदै जाँदा दुई जना नेताले मुख्यमन्त्रीको दाबी पेश गर्नुभएकाे छ ।
लोसपाका जितेन्द्र सोनारलाई मधेशकाे मुख्यमन्त्री बनाउन दाबी पेश
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनार (सोनल)लाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउन पाँच दलले संयुक्त रुपमा दाबी पेश गरेका छन् ।
प्रहरी हिरासतबाट फरार अभियुक्त अमन पक्राउ
लागुऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न रहेर फरार रहेका अभियुक्त अमन यादवलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकार प्रतिवादी रहेको उक्त मुद्दामा यादव लामो समयदेखि फरार रहेका थिए ।
आर्थिक उपार्जन गर्न फूल व्यवसाय
विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल हुनुभएको छ । भारतका विभिन्न सहरमा वषौैँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरहनुभएको छ ।
शिक्षक तलबबाट वञ्चित
धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनिक समस्याका कारण यहाँका शिक्षक तलब भत्ताबाट वञ्चित भएका हुन् ।
जेनजी आन्दोलन : लाहाममा २६ करोडभन्दा बढीको क्षति
गत भदौ २४ गते लहानमा भएको जेनजी प्रदर्शनको क्रममा लहान नगरपालिकामा रहेका सरकारी कार्यालयहरुको भौतिक क्षति २६ करोडभन्दा बढी भएको छ । मङ्गलबार क्षति भएको कार्यालयहरुको अनुगमन गर्दा क्षतिको विवरण बाहिर आएको हो ।
छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो
तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ ।
सप्तरीमा थपिए एक हजार १४३ मतदाता
सप्तरीमा एक हजार एक सय ४३ जना नयाँ मतदाता थपिएका छन् । असोज १० देखि २७ गतेसम्मसात सय ७९ पुरूष, तीन सय ६४ महिला र सात जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिनुभयो ।
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
रौतहटको देवाही गोनाही –५ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा देवाही गोनाही –३ का ६५ वर्षीय किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हनुमाननगर कंकालिनीमा भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ जोगिनायाँ घर भएका ४२ वर्षीय नरेश यादवको चौताराबाट लडेर मङ्गलबार राति मृत्यु भएको हो ।
सर्लाहीमा अब नागरिकताको सिफारिस अनलाइनबाटै हुने
सर्लाहीमा कात्तिक १ गतेदेखि अनलाइनबाटै नागरिकताको फारम सिफारिस हुने भएको छ । जिल्लामा पहिलो पटक अनलाइन अर्थात् ‘केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली’मार्फत नागरिकता सिफारिस गर्ने तयारी गरिएको हो ।
सप्तरीको पानी उद्योगलाई दुई लाख जरिवाना
पानीमा लेदो भेटिएपछि सप्तरीका एक उद्योगलाई दुई लाख जरिवानासँगै बिक्रीमा पनि रोक लगाइएको छ।
मधेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलबार पदबाट राजीनामा दिएपछि मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजै सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजिनामा
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभाबाटै राजिनामा दिनुभएको छ ।
धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलबबाट वञ्चित
धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनीक समास्याका कारण यहाँका शिक्षक तलब भत्ताबाट वञ्चित भएको बताइएको छ ।
अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा तालाबन्दी
अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले गाउँपालिका र वडा कार्यालयहरूमा मङ्गलबार तालाबन्दी गरेका छन् ।