मधेशमा सतुवाइन पर्व मनाईंदै
तराई–मधेशका विभिन्न जिल्लामा सोमबार परम्परागत सतुवाइन पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते पर्ने यो पर्व गर्मी मौसममा फल्ने नयाँ अन्न र फलफूललाई देवी–देवतामा अर्पण गरी मनाउने परम्परा रहेको छ ।
आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा
भौगोलिक हिसाबले सर्लाहीको सबैभन्दा ठुलो र विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, मा आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा ल्याइएको छ ।
नेकपा एमाले सप्तरीको नयाँ कार्यसमिति गठन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १० औँ जिल्ला अधिवेशनबाट पुःन ताराकान्त चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
जानकी मन्दिरमा भक्तजनको भीड
नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षको पहिलो दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् ।
फूलबारी मेलामा भक्तजनको घुइँचो
नयाँवर्षका दिन मात्र फूल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न सिरहाको लहानस्थित पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आज मेला लागेको छ ।
मिथिला क्षेत्रमा जुडशीतल सुरु
नयाँ वर्ष–२०८२ को आगमनसँंगै मिथिला क्षेत्रमा जुडशीतल (सिरुवा) पर्वको पनि आगमन भएको छ । मिथिला संस्कृति अनुसार सांस्कृतिक कर्म गर्नेका लागि नयाँ वर्षको
सलहेस फूलबारी मेलामा मात्र सीमित
लहान नगरपालिका वडा नम्बर १२ र २२ मा रहेको सलहेस फूलबारीमा लाग्ने मेलाले हजारौँ पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको छ । यस दिन सलहेस मन्दिरअगाडि रहेको
वीरगन्जमा निषेधाज्ञाको अवधि थपियो
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ ।
चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या
धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीका बासिन्दाले खानेपानीको चरम समस्या भोगिरहेका छन् । सुक्खा मौसम सुरु भएसँगै धारामा पानी आउन छाडेपछि यहाँको जनजीवन प्रभावित बनेको हो ।
झडपका घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै
हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् ।
उखुको अनुदान निकासा अनिश्चित
यस वर्ष चिनी उद्योगले उखु किसानलाई बेलैमा भुक्तानी दिए पनि सरकारले उपलब्ध गराउने गर्ने अनुदान रकम भने अनिश्चित बनेको छ । गत मङ्सिर १३ गते बसेको
बीरगन्ज महानगरमा कर्फ्युको आदेश जारी
जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ। वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या
धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा खानेपानीको समस्याबाट ग्रस्त बनेका छन्।
आफूखुसी डिजाइन फेरिँदा कोलेनिका भवन निर्माण अलपत्र
कोष तथा लेखा नियन्त्रक कार्यालय गौरको निर्माण अलपत्र परेको छ । भवन निर्माणको प्रक्रिया पूरा गरी काम अन्तिम चरणमा पुगेपछि फेरि डिजाइन परिवर्तन गरिँदा भवन निर्माण अलपत्र परेको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको भवन निर्माण प्रभावित
रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्माणाधीन भवनको काम प्रभावित बनेको छ । गौर बाढी प्रभावित क्षेत्र भएका कारण आंशिक रूपमा ‘
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताउनुभयो ।
हरिपुरमा हात्तीको उपद्रोबाट सर्वसाधारण त्रसित
सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवा गाउँमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् ।
११ हजार भन्दा बढी सवारी चालक कारबाहीमा
ट्राफिक नियम उलङ्घन गरेको अभियोगमा जिल्ला ट्राफिक कार्यालय रौतहटले ११ हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।
मधेशका १८ सयभन्दा बढी स्वास्थ्यकर्मी धर्नामा
मधेश प्रदेशका एक हजार आठ सयभन्दा बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना सुरु गरेका थिए ।
गठबन्धनको तयारीमा मधेशका १० साना दल
सात दलीय मधेशी मोर्चामा अटाउन नसकेका मधेशका १० साना दलहरूले गठबन्धन गर्ने भएका छन् । पूर्वगृहमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा मधेशमा वैकल्पिक शक्ति निर्माण गर्न साना दलहरूले मोर्चाबन्दी गर्न लागेका हुन् ।
कांग्रेसले कुशासनलाई कहिल्यै बढावा दिएको छैनः कांग्रेस प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले कहिल्यै पनि संस्थागत रूपमा कुशासनलाई बढावा नदिएको स्पष्ट पार्नुभयो ।
ट्रकले किच्दा दिदीको मृत्यु, बहिनी घाइते
बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा शुक्रबार बिहान ट्रकले किच्दा दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन् ।
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
प्रवीणकुमार शर्मारौतहट, चैत २९ गते । रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ गम्हरियामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुर नगरपालिका वडा नं. ३ गम्हरिया को ४५ वर्षीया सीतादेवी साह कानु रहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।बिहीबार विपरीत दिशा आइरहेको ना ६० प ३४३८ नं. को मोटरसाइकल चिप्लिँदा मौलापुरबाट गम्हरियातर्फ आइरहेको प्रदेश २ –०३– ००१ त ३५२४ नं. को ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार साहको घटनास्थलमा मृत्यु भएको मौलापुर नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष महेश महतो कोइरिले बताउनुभयो ।मोटरसाइकल चालक मृतक साहका श्रीमान् लखिन्द्र साह कानु सामान्य स्वास्थ्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मौलापुरको नियन्त्रणमा छ । ट्याक्टर चालक सन्देश साह फरार रहेको तथा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीले बताउनुभयो ।
करेन्ट लागेर एकको मृत्यु
रौतहटको ईशनाथ नगरपालिका ३ मा करेन्ट लागेर बिहीबार नाबालकको मृत्यु भएको छ ।