८२ राउण्ड गोली र एयरगनसहित एक जना पक्राउ
पर्सास्थित वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने सानो–सानो ८२ राउन्ड गोलस्ी (छर्रा)सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
मर्मतको काम सकिएपछि पुल सुचारु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत कार्य सम्पन्न गरी पुलबाट सवारी साधन सञ्चालन गर्न थालिएको छ ।
सुधार केन्द्रमा युवकको मृत्यु, छानबिनको माग
जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाममा ‘डिम्याप्स पोर्टल प्रणाली’ हस्तान्तरण
प्रविधिको माध्यमबाट घर नम्बरिङ् तथा सडक नामकरणलाई व्यवस्थित गर्न इन्टरनेट बेसमा आधारित ‘डिम्याप्स पोर्टल प्रणाली’ जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
आलुको व्यापार
पर्सा, फागुन ९ गते । बारामा उत्पादन भएको आलु बिक्री गर्नका लागि वीरगञ्जको पुरानो मिनाबजारमा टयाक्टरबाट झार्दै श्रमिकहरु । अहिले यहाँ प्रति क्विन्टल दुई हजार १०० सयमा आलु बिक्री भइरहेको छ । तस्बिरः रासस
प्रजातन्त्र दिवसमा निःशुल्क मुटु परीक्षण
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ ।
बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि...
हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो ।
विश्वविद्यालय फर्किन डराउँछन् विद्यार्थी
भारत ओडिसाको भुवनेश्वरस्थित किट युनिभर्सिटीमा भएको घटनापछि स्वदेश फर्किएका नेपाली विद्यार्थी पुनः अध्ययनका लागि युनिभर्सिटी फर्कन डराइरहेका छन् । उक्त युनिभर्सिटीमा अध्ययनरत भै
ताप्लेजुङको काफ्लेपाटीमा झडप, जिप तोडफोड गर्दै चालकमाथि कुटपिट
ताप्लेजुङको काफ्लेपाटीमा नो केबलकार समूहले जिपमाथि तोडफोड गरेर चालकलाई कुटपिट गरेको छ।
दोषीलाई कानुनको कठघरामा ल्याइन्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मधेश प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नवराजपुर गाउँपालिका –१ भगवतीपुरकी बलात्कृत भई मृत्यु भएकी रिङ्कु सदायकी परिवारलाई भेटेर दोषीलाई कानुनको कठघारामा ल्याइछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मलेसिया र महोत्तरीका क्रिकेट खेलाडीबिच मैत्रीपूर्ण खेल खेल्ने सहमति
महोत्तरीका क्रिकेट खेलाडी तथा मलेसियाका खेलाडीहरूबिच मैत्रीपूर्ण खेल खेलाउने सहमति भएको छ ।
रातु खोला दोहन गर्ने एक्स्काभेटरसहित दुई जना पक्राउ
मापदण्डविपरीत उत्खनन गरेको आरोपमा महोत्तरीको रातु खोलाबाट प्रहरीले दुई जना एक्स्काभेटर चालकलाई पक्राउ गरेको छ ।
तीन वर्षभित्र भूमि समस्या समाधान गर्ने आयोगको प्रतिबद्धता
भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी
बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भने साँच्नु भएको छैन ।
नेपाल इन्डो अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वीरगन्जका निजी अस्पतालहरूको बुधबार अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री सिंह र प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी सन्तोषकुमार ठाकुरसहितको टोलीले यहाँका अस्पतालहरूको निरीक्षण गरेको हो ।
आँपमा लागेन मञ्जर
रौतहटको विभिन्न गाउँका आँप बगैँचामा अहिलेसम्म मञ्जर लागेको नदेखिएपछि कृषक चिन्तित भएका छन् ।
चार रुपियाँ किलोमा गोलभेँडा
यहाँको थोक तरकारी बजारमा गोलभेँडा प्रतिकिलो चार रुपियाँमा झरेको छ । यसरी गोलभेँडाले मूल्य पाउन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् । लोकल जातको गोलभेँडा प्रतिकिलो चारदेखि छ रुपियाँ र हाइब्रिड गोलभेँडा प्रतिकिलो छदेखि आठ रुपियाँमा बिक्री भइरहेको छ ।
चुरे विनाशले गाउँ नै विलय
कुनै समय धनुषा जिल्लाको छिरपोखरी गाउँ हराभरा थियो । करिब एक सय घरधुरी भएको यो गाउँ कृषिमा आत्मनिर्भर थियो । पिउने पानीका लागि इनार र सिँचाइका लागि मूलको पानी प्रयोग गरिन्थ्यो ।
जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा विज्ञको जोड
जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभाव पर्न थालेकाले पशुपालकले अगामी दिनमा जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा विज्ञले जोड दिएका छन्।
सालका बिरुवा संरक्षणमा जन एकता सामुदायिक वन
मासिदै गएको साल (स्थानीय भाषामा सखुवा) का बिरुवा संरक्षण गरेर रौतहटको जनएकता सामुदायिक वन जिल्लाकै उदाहरणीय बनेको छ ।
१६ लाखभन्दा बढीको अवैध सामग्रीसहित एक पक्राउ
ईलाका प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले जिल्लाको खडक नगरपालिका वडा नं ८ भदिया सडक खण्डमा १६ लाखभन्दा बढी अवैध सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशुको शव फेला
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बुधबार कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल प्राङ्गणमा घुमिरहेका भेटिएको छ ।
छोरा नजन्मिँदा नागरिकताबाट वञ्चित
सप्तरीको राजविराज नगरपालिका–९ का ६० वर्षीय बेचनी दास अहिलेसम्म नागरिकताबाट वञ्चित हुनुहुन्छ । दुई छोरीकी आमा आफूबाट छोरा नजन्मिएका कारण अहिलेसम्म नागरिकताबाट वञ्चित हु
कांग्रेसकै पहलले महिलाको राजनीतिक सहभागिता बढ्योः नेता निधि
नेपाली कांग्रेसका पूर्व उपसभापति, केन्द्रीय सदस्य तथा सांसद बिमलेन्द्र निधिले नेपाली कांग्रेसकै योगदानका कारण महिलाको राजनीतिक सहभागिता वृद्धि भएको बताउनुभयो।