छ स्थानीय तहको आर्थिक कारोबार बन्द
चन्द्रपुर (रौतहट), वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका यमुनामाई गाउँपालिका तथा राजपुर नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरेको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार विद्युतीय माध्यमबाट भुक्तानी गर्न सबै स्थानीय तहलाई बारम्बार निर्देशन दिए पनि अटेरी गर्दै आएका कारण बाध्य भएर सूत्र लक गर्नु परेको बताउनुभयो ।महालेखा नियन्त्रक कार्यालयले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न बारम्बार ताकिता गरे पनि रौतहटका केही स्थानीय तहले चेक नै प्रयोग गर्ने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ । विद्युतीय माध्यमबाट भुक्तानी गर्दा पारदर्शिता कायम गर्न सहयोग पुग्ने भएकाले अनिवार्य गरिएको बताउँँदै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक गौतमले सूत्रको सिस्टमका कारण चेक काट्नुपर्ने अवस्थाबाहेक एउटा पनि चेक काटेमा सूत्र लक गरिने बताउनुभयो । सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने भएकाले रौतहटका स्थानीय तहले विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रयोग गरे÷नगरेको अनुगमन भइरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख गौतमले बताउनुभयो । स्थानीय तहमा विकासनिर्माणका काममा उपभोक्ता समितिका पदाधिकारीसँग चेक दिनुअघि मोलमोलाई गर्ने प्रवृत्ति रहेकाले विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न स्थानीय तहहरूले आनाकानी गर्दै आइरहेको देखिएको छ । फतुवा विजयपुर नगरपालिकाले हालसम्म एउटा पनि कारोबार विद्युतीय भुक्तानी प्रणालीबाट गरेको छैन भने ईशनाथ नगरपालिकाले यो आवको १० महिनामा ९६ हजार ५२० रुपियाँको मात्र कारोबार विद्युतीय भुक्तानी प्रणालीबाट गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनमा कञ्चनरुप नगरपालिकामा दुई वटा र हनुमाननगर कंकालिनी नगरपालिकामा छ वटा गरी आठ विद्यालय अनुमति बिना सञ्चालनमा रहेको पाइएको हो ।
भरत तालमा डुबेर एक पुरुषको मृत्यु
सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी अर्थात् भरत तालमा एक पुरुषको डुबेर मृत्यु भएको छ ।
विज्ञान शिक्षक नहुँदा विद्यार्थीको पढाइ प्रभावित
महोत्तरीको बर्दिबास नगरपालिका—१३ बिजलपुरा डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ र १० मा विज्ञान विषय पढाउने शिक्षक नहुँदा नयाँ शैक्षिका सत्र—२०८२ नै प्रभावित बन्न पुगेको छ ।
छ वटा विद्यालय अनुमति बिना सञ्चालनमा
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले निजी तथा संस्थागत विद्यालयहरूको अनुगमन सुरु गरेको छ । उच्च अदालत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा सञ्चालन नगर्न नगराउन आदेश दिएपछि समन्वय इकाईले अनुगमन सुरु गरेको हो ।
फोहोरमा जीवन खोज्दै बालबालिका
पिठिउँमा प्लास्टिकको बोरा भिरेका चार बालबालिका पोखरीको डिलमा रमाइरहेका छन् । सधैँ बिहानदेखि बेलुकासम्म नगरको पोखरीको डिल, गल्ली, बाटोमा भेटिने यी बाल
भ्रष्टाचार नियन्त्रणसहितको सुशासन पहिलो सर्त हो
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएयता विकासका नयाँ आयाम प्रारम्भ भएका छन् ।
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मधेशमा पूर्वाधार निर्माण
नेपालको सङ्घीय संरचना अन्तर्गत स्थापित मधेश प्रदेश देशको प्रमुख भूभागमध्येको एक हो ।
गणतन्त्रपछिको मधेश
प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले विभिन्न समयमा ठुलो त्याग र बलिदान गरेका छन् ।
जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको असरले मधेश प्रदेशका जिल्लामा निकै ठुलो नकारात्मक प्रभाव परेको छ ।
अन्नभण्डार मधेश प्रदेश
मधेश प्रदेशलाई मुलुकको अन्नभण्डारका रूपमा लिइन्छ । यहाँका ६३.८ प्रतिशत परिवार पूर्ण कृषक छन् ।
समृद्धिको आधार हुलाकी राजमार्ग
मुलुकका पूर्वपश्चिम जोड्ने गरी निर्माण भएका प्रमुख तीन राजमार्गमध्येका पर्छ, हुलाकी सडक ।
चुरे संरक्षणमै मधेशको भविष्य
समुद्री सतहदेखि ६१० मिटर उचाइबाट सुरु भई १८७२ मिटरसम्म फैलिएको भूक्षेत्रलाई चुरे क्षेत्र भनिन्छ ।
महायज्ञ स्थलको मुख्य मण्डपमा आगलागी
सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ ।
बिहेभोज खाँदा सय बढी बिरामी
धनुषाको मिथिला विहारी नगरपालिका –८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो ।
'मधेशमा शिक्षाको अवस्था झन खस्कँदै'
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षाको अवस्था सुधार नगरे मधेशको अवस्था थप खराब हुनसक्ने सङ्केत गर्नुभएको छ ।
अवैध संरचना हटाएर सडक व्यवस्थित गर्दै राजपुर नगरपालिका
रौतहटको राजपुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गाहरूमा निर्माण गरिएका संरचनाहरू हटाउने र व्यवस्थित पुनर्निर्माण अभियान थालेको छ ।
राजदेवी मन्दिरमा भक्तजनको घुइँचो
लहानको मुख्य चोकदेखि दस किलोमिटर उत्तरमा लहान–१५ मा रहेको राजदेवी मन्दिरमा यस वर्ष पन्ध्र हजारभन्दा बलिप्रदान हुने अनुमान गरिएको छ ।
बेवारिसे सवारीसाधन हटाउँदै वीरगन्ज महानगर
वीरगन्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ ।
नदी दोहनमा स्थानीय सरकार, पानीको अभाव झेल्दै स्थानीयवासी
बकैया, दुधौरा, बालगङ्गा नदीमा मापदण्डभन्दा चार गुणा बढी मात्रामा बालुवा–गिट्टी उत्खनन भई रहे पनि सम्बन्धित निकाय मौन बसेका छन् ।
‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ झालाई
प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), वैशाख २९ गते । रामा यादव स्मृति प्रतिष्ठान रौतहटले रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२ प्राइम टेलिभिजनका जनकपुर संवाददाता चाँदनी झालाई प्रदान गर्ने घोषणा गरेको छ ।स्वास्थ्य पत्रकारितामा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक पत्रकारलाई हरेक वर्ष रामा यादव स्मृति पत्रकारिता पुरस्कार दिइँदै आएको आयोजक रामा यादव स्मृति प्रतिष्ठान रौतहटले जनाएको छ । पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रूपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार झा २०७४ सालमा अप्पन टिभीबाट पत्रकारिता सुरुवात गर्नु भएको थियो ।पुरस्कारको राशि नगद २६ हजार १ रुपियाँ र सम्मान पत्र रहेको छ । त्यसै गरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ बाराका पत्रकार शारदा पोखरेललाई प्रदान गर्ने निर्णय भएको रामा यादव स्मृति प्रतिष्ठान रौतहट जनाएको छ । २०७० सालदेखि पत्रकारिता गर्दै आउनु भएकी पत्रकार पोखरेल रातोपाटी अनलाइनमा बारा समाचारदाताको रूपमा काम गर्दै हुनुहुन्छ ।आइतबार आयोजित घोषणा कार्यक्रममा दुवै वर्षको पुरस्कारबाट पुरस्कृत हुने नाम घोषणा गरिएको हो । २०७८ वैशाख २८ मा कोरोनाका कारण दिवङ्गत सञ्चार उद्यमी रामा यादवको स्मृतिमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक जना सञ्चारकर्मीलाई हरेक वर्ष रामा यादव स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको रामा यादव स्मृति प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिनुभयो ।
मालपोतमा सधैँ कर्मचारी अभाव
सेवाग्राहीको सर्वाधिक चाप रहने गौशाला मालपोतमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा कार्यालयको सेवा प्रभावित हुने गरेको छ । कर्मचारी अभावले गौशाला मालपोत
नियामक निकाय मूकदर्शक बनेपछि राजविराजका सडक पेटी अतिक्रमण झन् बढ्यो
विनय कर्णकल्याणपुर (सप्तरी), वैशाख २८ गते । राजविराजमा जताततै सडक पेटी अतिक्रमण गरेर पसल थाप्ने चलन बढ्दै गएको छ । यहाँको अदालत रोड स्थित उच्च अदालत जनकपुर राजविराज इजलासदेखि राम मन्दिरसम्मको करिब पाँच सय मिटर बाटोमा सडक पेटी र सडक नै छेकेर फुटफाटे पसल थाप्नुले आवतजावतमा बाधा पुगेको हो । हुलाकी सडक अन्तर्गत निर्माण भएको अदालत रोडमा पैदल यात्री हिँड्नका लागि बनाइएको पेटी कतै खालि देखिँदैन् । मालपोत कार्यालय सप्तरी अगाडि र वरपर जहाँतहाँ सडक पेटीमा होटेलदेखि फुटफाथमा पसल र पार्किङले आवतजावतमा कठिनाइ भएको छ ।सडक पेटीमा मात्र नभई झन्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिए पनि राजविराज नगरपालिकाको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।सडक पेटी र सडक नै छेकेर व्यापार गर्नेहरूमा तरकारी र फलफूल व्यवसायीदेखि चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछि ओहोरदोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । राजविराज स्थित खानेपानी मोडदेखि राम मन्दिरसम्मको अदालत रोडमा जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, कर कार्यालय, जिल्ला अदालत, वन डिभिजन कार्यालय, उच्च अदालत, मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरू छन् । यो सडक बिदाको दिन बाहेक सधैँ सेवाग्राहीले भरिभराउ हुन्छ ।एकातिर कार्यालयहरूमा आउने सेवाग्राहीहरूको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामग्री किन्न आउने उपभोक्ताको अत्ध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउनुले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी दुखा चौधरीले बताउनुभयो । कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामग्री थुपारि दिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको बनाएको उहाँको भनाइ छ । पैदल यात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर सञ्चालनमा ल्याइएका यस्ता पसलहरू अविलम्ब हटाउनु पर्ने स्थानीयहरूले माग गरेका छन् । राजविराज स्थित हटियाको पनि अवस्था यस्तै छ । नुन देखि सुन सम्म किन्न आम सर्वसाधारण राजविराजको मुटुमा रहेको हटिया आउने गर्दछन् तर, त्यहाँ नगरपालिकाले अतिक्रमण हटाएर बनाइएको नाला, सडक पेटी फेरि अतिक्रमणमा पर्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ ।सडक पेटीमै दुवैतर्फ पसल थापेर व्यापार गर्न थालिएपछि साँझ पख आउजाउ गर्नमा समस्या हुँदै आएको भए पनि नगरपालिकाले व्यवस्थित बनाउन सकेको छैन ।सडक पेटी अतिक्रमण हटाउन राजविराज नगरपालिका सँग समन्वय भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनु भयाे । उहाँले हटियामा निर्माणाधीन सपिङ कम्प्लेक्सको निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएपछि धेरै हदसम्म यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले सडक पेटी अतिक्रमण छिट्टै हटाइने जानकारी दिनुभयो ।यसअघि सडक पेटी खाली गराएको थिएँ, यो बिचमा म बाहिर गएँ नगरपालिकाले ध्यान नदिँदा फेरि अतिक्रमण भएको जनगुनासो आएको छ, नगरपालिकाले छिट्टै नै अतिक्रमण हटाएर आवागमनलाई सहज बनाउने छ” उहाँले भन्नुभयो ।