बजेटमा कमला पुललाई समेट्न सिरहावासीको माग
मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडकअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुललाई आगामी बजेटमा समेट्न सिरहावासीले माग गरेका छन् ।
बागवानीको आँप ५३ लाखमा ठेक्का
सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ । सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको ठेक्का सकार गरेको हो ।
विकास खर्च दस महिनामा दस प्रतिशत
मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को विकास खर्च अत्यन्तै निराशाजनक देखिएको छ । आव सकिन अब करिब डेढ महिना मात्र बाँकी रहँदा कुल बजेटको १६.२७ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशले जनाएको छ ।
कम आउँछन् श्रमिकसम्बन्धी उजुरी
श्रम तथा रोजगार कार्यालय मधेश प्रदेशमा श्रमिकका गुनासा र उजुरी न्यून मात्रामा आउने गरेको पाइएको छ । न्यूनतम पारिश्रमिक नपाएको, दुर्घटना बिमा नभएको र राज्यले अनिवार्य प्रदान गर्न भनिएको सेवा सुविधा नपाएको खण्डमा उजुरी गर्ने ठाउँका रूपमा श्रम तथा रोजगार कार्यालय रहेकोसम्म पनि अधिकांश उद्योगी, व्यवसायीसमेतलाई जानकारी छैन । उक्त जानकारी श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख दिवाकर भुजेलले दिनुभएको हो ।
ट्याक्टरले च्यापिएर घरधनीको मृत्यु
सर्लाहीको बसबरिया गाउँपालिका –६, मनटोलमा आइतबार दिउँसो ट्याक्टरमा च्यापिएर एक घरधनीको मृत्यु भएको छ ।
दाइजो प्रथाविरुद्धको ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड
मधेश प्रदेशमा बाल विवाह र दाइजो प्रथा नियन्त्रणका लागि निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
‘स्थानीय तहले अवैध अस्पताल खुलाए’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफूले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले खुलाइदिएको आरोप लगाउनुभएको छ ।
मिथिलामा डिप ट्युबेल विस्तार
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका युवा किसान रोशन सिंहलाई सिँचाइ अभावमा खेत बाँझो राख्नुपर्ने समस्या हटेको छ । नगरपालिकाले हालै मात्र सिँचाइका लागि खेतनजिकै नयाँ डिप ट्युबेल गाडेपछि उहाँलाई आकासे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता हटेको हो ।
बाँकेखोलामा ल्याइयो खानेपानी
सर्लाहीको उत्तरपूर्वी चुरे भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, घारीबथानस्थित बाँकेखोलामा खानेपानी खसालिएको छ ।
कार्यालय भवन बनेपछि सेवा सहज
रौतहटको माधवनारायण नगरपालिका–८ मा वडा कार्यालयको भवन बनेपछि सेवा प्रवाह सहज भएको छ ।
मधेश प्रदेशको नीति तथा कार्यक्रम ‘एक लाखलाई रोजगारी दिने’
मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहले एक लाख जनालाई रोजगारी दिने अवधारणासहितको नीति तथा कार्यक्रम मधेश सरकारले ल्याउने बताउनभएको छ ।
तरकारीमा आफूखुसी विषादी प्रयोग
व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानले उत्पादन बढाउन आफूखुसी कीटनाशक विषादी प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेको छ ।
पानीको स्रोतको व्यवस्थापन हुनुपर्छ : नेता निधि
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जलस्रोतको धनी देश नेपालमा पिउने पानीको अभाव हुनु चिन्ताको विषय भएको भन्दै पानीको व्यवस्थापनमा तीन तहका सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ।
ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्युः एक घाइते
सप्तरीमा ट्याक्टरकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
सबैलामा एकैपटक ३२ शिक्षक नियुक्त
धनुषाको सबैला नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै नगरभित्रका सामुदायिक विद्यालयका लागि एकै पटक ३२ जना शिक्षक नियुक्ति गरेको छ ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
वटसावित्री पर्वका लागि सामग्री किनमेल
सर्लाही सदरमुकाम मलङ्गवा–९ बजारमा वटसावित्री पर्वका लागि बाँसबाट निर्मित डाली (दउरी) र पङ्खा (बेना) खरिद गर्दै महिलाहरु ।
समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य
सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले मुलुकको समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य रहेको बताउनुभएको छ ।
दुई घण्टादेखि पूर्व पश्चिम राजमार्गमा चक्काजाम
पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगन्जका स्थानीयले दुई घण्टादेखि पूर्व पश्चिम राजमार्ग ठप्प पारिरहेका छन्।
आफ्नै भवन नहुँदा कार्य सम्पादनमा ट्राफिकलाई चुनौती
ट्राफिक प्रहरी कार्यालय गौरको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो ।
कल्याणपुरको नेपाल बैंकमा चोरी
सप्तरीको खडक नगरपालिका– ७ मा रहेको नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखमा चोरी भएको छ ।
पिएसबी नेपाल र प्रदेश सरकारबिच सम्झौता
सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपाल र मधेश प्रदेश सरकारबिच जनकपुरधामस्थित मधेश सरकारको मधेश भवनमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको मधेश ब्युरो कार्यालय सञ्चालन गर्न भवन उपल
मधेश प्रदेश मन्त्रिपरिषद पुनर्गठन, दुई मन्त्रीको शपथ
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा बिहिबार मधेश प्रदेशको मन्त्रिपरिषदको पुनर्गठन गर्नु भएको छ ।