• ११ जेठ २०८२, आइतबार

मधेश प्रदेशको नीति तथा कार्यक्रम ‘एक लाखलाई रोजगारी दिने’

blog

वीरगन्ज समाचारदाता

वीरगन्ज, जेठ ११ गते  । मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहले एक लाख जनालाई रोजगारी दिने अवधारणासहितको नीति तथा कार्यक्रम मधेश सरकारले ल्याउने बताउनभएको छ । 

नेपाल होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको आयोजनामा वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक लाख नयाँ रोजगारी सिर्जनाा गर्न आवश्यक गृहकार्यमा सरकार लागिरहेको जानकारी दिनुभभयो । मधेश प्रदेशको लगानी सम्भाव्यताका क्षेत्र कृषि, उद्योग तथा पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ त्यस्तो कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँले बताउनुभयो । 

मन्त्री कुशवाहाले मधेश प्रदेशभित्रका नयाँ पर्यटकीय क्षेत्र पहिचान पनि सरकारको प्राथमिकतामा रहेको धारणा राख्नुभयो । यसका लागि सरकारले टुक्रे योजनाभन्दा पनि निश्चित गन्तव्य निर्माणमा लगानी गर्नेतर्फ गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।