बलात्कारको अभियोगमा दुई जना पक्राउ
बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।
दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क
प्रवीण कुमार शर्मा चन्द्रपुर (रौतहट), जेठ १४ गते । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क गरेको हो । कूल दुई सय ५३ किसानले प्रयोग गरेका कृषि महसुल बापतको ६ लाख ९२ हजार ८२२ रुपियाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले मङ्गलवार विद्युत् प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख राम अयोध्या रायलाई चेक हस्तान्तरण गर्नुभयो । राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले २०८१ फाल्गुन महिना सम्मको बक्यौता कृषि विद्युत् महसुल तिरेको बताउनुभयो । राजपुरका किसानले विद्युत् ‘हुकिङ’ नगरुन् साथै भूमिगत सिचाइको माध्यमबाट कृषि उत्पादन बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख डाक्टर आलमले जानकारी दिनु भयो । नगर प्रमुख आलमले भन्नु भयो ,“ यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौँ, आगामी दिनमा यो कार्यले निरन्तरता पाउने छ ।कृषि बिद्युत् महसुल नगरपालिकाले तिरी दिए पछि आगामी दिनमा नगरभित्रका बाँकी किसान पनि सिचाइका लागि कृषि मिटर प्रयोग गर्ने सम्भावना बढेर जाने नगरपालिकाले जनाएको छ । भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेको बेलामा नगरपालिकाले विद्युत् महसुल तिरेर राहत दिएको राजपुर–१ का किसान राम एकबाल राय यादवले बताउनु भयो ।
सडकको उज्यालोले चरा सङ्कटमा
पछिल्ला केही केही वर्षयता सहरदेखि ग्रामीण क्षेत्रमा सडक बत्ती जडान तीव्र गतिमा बढेको छ। बाटो उज्यालो राख्न र सुरक्षाको दृष्टिकोणले जडान गरिएका यस्ता बत्तीले भने चरा वासस्थानमा गम्भीर असर पार्न थालेका छन्।
गाउँपालिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको तत्कालीन नवलपुर गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
प्रहरीको नागरिक सुनुवाइ अभियान
प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।
जलेश्वर भन्सार : राजश्व सङ्कलन निरन्तर घट्दो
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको राजश्व असुलीमा निरन्तर गिरावट आएको छ ।
प्रदेशसभा सांसद सिंहका स्वकीय सचिव पक्राउ
महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) का प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वीकय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ पर्नुभएको छ ।
प्रदेशमा प्रहरी र कर्मचारी समायोजन चाँडै गर्नुपर्छ: मुख्यमन्त्री सिंह
काठमाडौँ, जेठ १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।जनकपुरधाममा आयोजित “सङ्घीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै मुख्यमन्त्री सिंहले सङ्घीय संसद्को राष्ट्रिय सभामा मधेस प्रदेशबाट निर्वाचित सदस्यहरूद्वारा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताउनु भयो । समायोजन भएका कर्मचारीमध्ये ११ औँ तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने बताउनु भयो । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाउनुभएको उदाहरण दिँदै मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत पठाइनु विकास र सङ्घीयता सुदृढीकरणका लागि आवश्यक रहेको बताउनु भयो । मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रासायनिक मल तथा बीउबिजनको आवश्यकता बढी भए पनि मलको कोटा न्यून रहेको उल्लेख गर्दै प्रदेशलाई बजेट जनसङ्ख्याको आधारमा वितरण गर्नुपर्ने माग गर्नुभयो ।
विद्यार्थी भर्ना अभियान फितलो
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भने नाराको साथ जेठ १५ गतेसम्म भर्ना अभियान जारी छ । भर्ना
गुडन कर्विन्सलाई पछ्याउँदै ढुङ्गे हतियारको खोजी
जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियार खोज्दै छ ।
नक्कली धर्मगुरु रामबहादुर बम्जन कारागार चलान
जनार्जन खत्रीसर्लाही, जेठ १३ गते । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् । ‘लिटिल बुद्ध’ समेत भनेर चिनिने बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिनुभयो । सोमबार साँझ प्राप्त अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकामस्थित मलङ्गवा कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाही जिल्ला अदालतका सूचना अधिकारी कापरका अनुसार सम्पत्ति शुद्धीकरण कसुरमा विवादित धर्मगुरु बम्जनमाथि गएको फागुन ५ गते अदालतमा मुद्दा दर्ता भएको थियो । बम्जनविरुद्ध यसअघि सर्लाही जिल्ला अदालतले अनुयायी अर्थात् आनीमाथिको यौन दुराचार मुद्दामा २०८१ असार १० गते १० वर्ष कैद र पाँच लाख रुपियाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । उच्च अदालत जनकपुरले गएको चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई कारागारमुक्त गरेको थियो । बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुनः कारागार चलानको आदेश दिएको हो । मुद्दा सुनुवाइको क्रममा विवादित धर्मगुरु बम्जन सर्लाही जिल्ला अदालतमा आउँदा सोमबार दिनभर सदरमुकाम मलङ्गवामा ठुलो सङ्ख्यामा उनका अनुयायी भेला भएका थिए ।
दस हजार वर्षअघिका हतियार
महोत्तरीको बर्दीबासमा फेलापरेका १० हजार वर्ष पुराना हतियार पाइएको क्षेत्रमा पुरातात्त्विक अध्ययन सुरु गरिएको छ ।
धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।
सप्तरीमा नवजात शिशु मृत फेला
सप्तरीमा सोमबार एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ ।
‘सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको छु’
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको बताउनुभएको छ ।
मधेश प्रदेशमा ३२० किलोमिटर कालोपत्रे सडक निर्माणको तयारी
मधेश प्रदेश सरकारले ३२० किलोमिटर कालोपत्रे सडक निर्माणको तयारी थालेको छ । “एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक” योजानाअन्तर्गत प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले सडक निर्माणको तयारी थालिएको हो ।
मिथिलामा वटसावित्री पर्व मनाइयो
मिथिलाञ्चलमा सोमबार वटसावित्री अर्थात् वरसाइत पर्व मनाइएको छ । विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर बर भएको ठाउँमा पूजाका लागि बिहानैदेखि भिड लागेको छ ।
बजेटमा कमला पुललाई समेट्न सिरहावासीको माग
मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडकअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुललाई आगामी बजेटमा समेट्न सिरहावासीले माग गरेका छन् ।
बागवानीको आँप ५३ लाखमा ठेक्का
सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ । सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको ठेक्का सकार गरेको हो ।
विकास खर्च दस महिनामा दस प्रतिशत
मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को विकास खर्च अत्यन्तै निराशाजनक देखिएको छ । आव सकिन अब करिब डेढ महिना मात्र बाँकी रहँदा कुल बजेटको १६.२७ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशले जनाएको छ ।
कम आउँछन् श्रमिकसम्बन्धी उजुरी
श्रम तथा रोजगार कार्यालय मधेश प्रदेशमा श्रमिकका गुनासा र उजुरी न्यून मात्रामा आउने गरेको पाइएको छ । न्यूनतम पारिश्रमिक नपाएको, दुर्घटना बिमा नभएको र राज्यले अनिवार्य प्रदान गर्न भनिएको सेवा सुविधा नपाएको खण्डमा उजुरी गर्ने ठाउँका रूपमा श्रम तथा रोजगार कार्यालय रहेकोसम्म पनि अधिकांश उद्योगी, व्यवसायीसमेतलाई जानकारी छैन । उक्त जानकारी श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख दिवाकर भुजेलले दिनुभएको हो ।
ट्याक्टरले च्यापिएर घरधनीको मृत्यु
सर्लाहीको बसबरिया गाउँपालिका –६, मनटोलमा आइतबार दिउँसो ट्याक्टरमा च्यापिएर एक घरधनीको मृत्यु भएको छ ।
दाइजो प्रथाविरुद्धको ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड
मधेश प्रदेशमा बाल विवाह र दाइजो प्रथा नियन्त्रणका लागि निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
‘स्थानीय तहले अवैध अस्पताल खुलाए’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफूले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले खुलाइदिएको आरोप लगाउनुभएको छ ।