• १० फागुन २०८२, आइतबार

सप्तरीका २०९ मतदान स्थल अति सम्वेदनशील

blog

जिल्ला प्रहरी कार्यालय ।

विनय कर्ण

कल्याणपुर (सप्तरी) फागुन १० गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा रहेको २९८ मतदान स्थल मध्ये सुरक्षा विश्लेषणको आधारमा २०९ वटालाई अति सम्वेदशीलको सूचीमा राखिएको छ ।

स्थायी २९६, अस्थायी २ गरी २९८ मतदान स्थल मध्ये २०९ वटालाई अति सम्वेदनशील र ८३ सम्वेदनशील सूचीमा राखिएको हो ।

सुरक्षा विश्लेषणको आधारमा जिल्लामा २०९ वटा मतदान स्थललाई अति सम्वेदनशील र ८३ वटा मतदान स्थललाई सम्वेदनशील सुचीमा रााखएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । उहाँले अति सम्वेदनशील र सम्वेदनशील मतदान स्थलमा मतदाताहरूले सहज, भयरहित र निष्पक्ष मदान सम्पन्न गराउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको बताउनुभयो ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ८० मतदान स्थल र १५२ मतदान केन्द्र कायम गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ६८ मतदान स्थल र १३० मतदान केन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ मतदान स्थल र १४४ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि ७४ मतदान स्थल र १३६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । उहाँले राजविराज स्थित कारागारमा र जिल्ला समन्वय समिति सप्तरीमा गरी २ वटा अस्थायी मतदान स्थल रहने बताउनुभयो ।

जिल्लामा कुल चार लाख ४६ हजार ४०२ मतदाता रहेकोमा पुरुष दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार दुई सय ८३ तथा अन्य २३ जना रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।