• १० जेठ २०८२, शनिबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ १० गते ।
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा भएको दुर्घटनामा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु प्रहरीले जनाएको छ ।

पत्थरगाडाबाट राजविराज तर्फ जाँदै गरेको  इँटा लोड भएको स १ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२–०१९ प. ९६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।

दुर्घटनामा गम्भीर घाइते तीन जनालाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा एक जनाको मृत्यु भएको हो । साथै अर्का एक जनाको उपचारक क्रममा मृत्यु भएको

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक खतिवडाका अनुसार घाइतेमध्ये अर्का एक जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर छ ।  

ट्याकटर र मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याकटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।