शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, पुस १० गते । सर्लाहीको बलरा नगरपालिका –१०, सुदामा ब्यारेजमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मधेश प्रदेश ०३–०२९ प ३७४४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामनगर गाउँपालिका –१, का ४५ वर्षीय सञ्जयराय यादवको मृत्यु भएको हो । बिहीबार बिहान स्थानीय वासिन्दाले सुदाम ब्यारेजस्थित खेतमा मोटरसाइकल पल्टिरहेको र चालक मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
उक्त मोटरसाइकल बुधबार राति दुर्घटनामा परेको हुन सक्ने आशङ्का गरिएको छ । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय गडहियाका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिनुभयो । इन्स्पेक्टर चौधरीका अनुसार एकान्त स्थानमा भएको दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।