तराई–मधेसमा लोप हुँदै माटोको भकारी
माटोको कोठी र भकारी हेरेर आर्थिक हैसियत समेत–मधेशका देहात(गाउँघर)मा माटोको कोठी र भकारी बिरलै हेर्न पाइन्छ ।
पाँचदलीय गठबन्धन कायम रहन्छ : जसपा अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सम्म पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनु भएको छ । प्रेस मञ्च धनुषाले बुधबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पाँच दलीय गठबन्धन भित्रमा विभिन्न खालका कमि कमजोरी भएपनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठन भएको पाँच दलीय गठबन्धन लामो समय सम्म चलिरहने पक्षमा आफुहरु सदैव रहेको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनले लोकतन्त्र संस्थागत गर्नमा अहम भूमिका खेलेको भन्दै दलहरुले अनेक त्रुटिका बावजुद पाँच दलीय गठबन्धनलाई कायम राख्नु पर्ने धारणा राख्नुभयो ।
श्रीमानबाटै यौन उत्पीडन
लोकलाज, सहनशीलता र करुणाका कारण श्रीमान् श्रीमतीबीचको यौन सम्बन्धका उतारचढाव सार्वजनिक चर्चाका विषय बन्दैनन् । हजुरआमा उमेर समूहकी महिला श्रीमान्को यौन उत्पीडनमा परेर कानुनी उपचार खोज्ने घटना बिरलै हुन्छन् । ती मध्येका एउटा अनौठो र अत्यासलाग्दो घटना धनुषा जिल्लामा भएको छ ।
डाक्नेश्वरी नगरपालिका प्रमुखको शपथ ग्रहण र पदास्थापन
देवरामप्रसाद यादवसप्तरी, जेठ २४ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामलखन मलाहाले पूर्वाग्रह नराखेर सबै वडा र क्षेत्रको विकास गरिने बताउनुभयो ।डाक्नेश्वरी नगरपालिकाको मगलबार आयोजित शपथ ग्रहण र पदास्थापन कार्यक्रममा प्रमुख मलाहाले सो कुरा बताउनुभएको हो ।जनप्रतिनिधिहरुले जनताको इशारा र संकेत बुझ्न जरुरी रहेको भन्नुहुँदै जनताको सुझावलाई मार्गनिर्देशनका रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य ताराकान्त चौधरीले सिँचाई, खाद्यमलको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गर्नुभयो । गुणस्तरिय शिक्षामा ध्यान दिन र अस्तव्यस्त रहेको अवस्थालाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधिलाई सुझाव दिनुहुँदै उहाँले अविलम्ब स्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताउनु भयो ।नगर प्रमुख मलाहाले उपप्रमुख मीराकुमारी यादवसहित वडा अध्यक्षहरु र सदस्यहरुलाई सामूहिक रुपमा शपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा निवर्तमान प्रमुख शिवनारायण साह, जिल्ला विकास समितिका पूर्वसदस्य हरिसुदन यादव, निर्वाचन अधिकृत शम्भुनाथ मगर, प्रत्याशी उम्मेदवार बेचु साह, प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, वडा नम्बर ९ का अध्यक्ष कर्णदेव चौधरी, नेकपा (एमाले) सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरलगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
बारामा कुटपिटबाट एक जनाको मृत्यु
शिवशंङ्कर मिश्र बारा, जेठ २४ गते । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ पटेर्वा टोलका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा सोमबार राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जानकी मन्दिरमा जुत्ताचप्पलको व्यवस्थापन
जनकपुरधाम, जेठ २४ गते । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा जुत्ताचप्पलको व्यवस्थापन शुरु गरिएको छ । केही वर्षयता व्यवस्थापन नहुँदौ मन्दिर परिसरबाट जुत्ताचप्पल हराउने र चोरी हुने समस्या रहँदै आएको थियो ।जनकपुरधाममा महिनापिच्छे हुने धार्मिक तथा साँस्कृतिक उत्सवका बेला जानकी मन्दिर दर्शन गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरभित्र प्रवेश गर्नुअघि नै जुत्ताचप्पल फुकाल्नुपर्ने हुन्छ । तर, केही वर्षयता जुत्ताचप्पल व्यवस्थापन कार्य अवरुद्ध रहँदा मन्दिरको मूल भवनबाहिर नै यत्रतत्र जुत्ताचप्पल छाड्नुपर्ने दर्शनार्थीको वाध्यता रहेको थियो । स्थानीय समाजसेवी वैद्यनाथप्रसाद साहका अनुसार फलामको स्ट्यान्ड बनाई जुत्ताचप्पल राख्ने व्यवस्थापन कार्य गर्न थालेपछि श्रद्धालुहरूलाई सजिलो भएको छ । श्रद्धालुहरू जुत्ताचप्पल फुकाएर स्ट्यान्डमा राख्न थालेपछि उहाँहरूलाई राहतको अनुभूति भएको हो । मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले भिडभाड भएका बेला मन्दिरबाहिर जुत्ताचप्पल छरिने र अन्य बेला पनि साटिने गरेको समस्या यसको व्यवस्थापनपछि समाप्त भएको बताउनुभयो ।
सप्तरीको रुपनीमा माइक्रोबस पल्टिँदा एकको मृत्यु, १० घाइते
देवराम प्रसाद यादवसप्तरी, जेठ २४ गते । सप्तरीको रुपनीस्थित मुसहरनीया बसबिटी राजविराज सडकखण्ड अन्तर्गत रुपनी ५ स्थित पाँच किलो भन्ने ठाउँमा मगंलबार माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर गाउँका ६८ वर्षीया तारावतीदेवी यादव रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।
‘दाइजो हटाउन जनप्रतिनिधिहरुको ध्यान जानु आवश्यक छ’
मधेश प्रदेशका जिल्लाहरुमा विकराल समस्याको रुपमा रहेको दाइजो प्रथा हटाउन स्थानीय तहका जन प्रतिनिधिहरुको ध्यान केन्द्रित गराउन महिला अधिकारकर्मीहरु सक्रिय भएका छन् ।
दुर्घटनामा नेकपा एसका नेताको मृत्यु
सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकिकृत समाजवादी)का नेताको मृत्यु भएको छ ।