• २६ वैशाख २०८१, बुधबार

सप्तरीको रुपनीमा माइक्रोबस पल्टिँदा एकको मृत्यु, १० घाइते

blog

देवराम प्रसाद यादव

सप्तरी, जेठ २४ गते । सप्तरीको रुपनीस्थित मुसहरनीया बसबिटी राजविराज सडकखण्ड अन्तर्गत रुपनी ५ स्थित पाँच किलो भन्ने ठाउँमा मगंलबार माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । 

मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर गाउँका ६८ वर्षीया तारावतीदेवी यादव रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो  । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो दुर्घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।