• २७ वैशाख २०८१, बिहिबार

दुर्घटनामा नेकपा एसका नेताको मृत्यु

blog

सप्तरी, जेठ २४ गते । सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकिकृत समाजवादी)का नेताको मृत्यु भएको छ ।

ठक्करबाट एकिकृत समाजवादीका नेता राम नारायण चौधरीको मृत्यु भएको हो । सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न. ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१० प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिदाँ उहाँको घटनास्थलमै मृत्यु भएको हो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सुरुंगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट चुनाव लडेका थिए । घटनापछि आक्रोसित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए । यता ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author

देवरामप्रसाद यादव