चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते
शिवशंङ्कर मिश्रबारा, असार १७ गते। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर–७ सनफुलवा टोलमा चट्याङ लागेर शुक्रबार एक युवकको मृत्यु भएको छ। चट्याङकै ठूलो ध्वनी तथा झट्काले एक नाबालिकासहित तीन जना घाइते भएका छन्। सनफुलवा गाउँ नजिकैको खेतमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर सुवर्ण गाउँपालिका वडा नम्बर–७ सनफुलवा टोलका २० वर्षीय धिरजप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो। अरु तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।
दसगजा क्षेत्रका स्थानीय भन्छन् ‘दुई देशमा भए पनि समाज एउटै छ’
नेपाल–भारत सीमा दसगजा क्षेत्रका स्थानीयले दुई देश भए पनि एउटै समाजमा आफूहरू रहेको बताएका छन् । भगवानपुर गाउँपालिका वडा नम्बर–४, ठाडीका स्थानीय खाना खाएर घरबाट निस्किएपछि भारतको लौकहामा नपुग्दै हात सुक्छ । यस्तै दसगजा पारि भारतका स्थानीय नेपालमा एक गाउँबाट अर्को गाउँ डुले जसरी आउने–जाने क्रम चल्छ । यस क्षेत्रमा बेटी रोटीको सम्बन्ध मात्रै होइन एक आपसमा दुःख सुखमा साथ दिने अभिन्न अङ्ग दसगजा क्षेत्र बनेको ठाडीका शिक्षक डोमी पासवान बताउनुहुन्छ ।
पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ
पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मधेस प्रदेश युवा महोत्सव : २० बुँदे घोषणापत्र सार्वजनिक
मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
सूचना उपलब्ध नगराउने नगरपालिका प्रमुखलाई जरिवाना
रौतहटस्थित राजपुर नगरपालिका प्रमुख बैंजु ठाकुरले सूचना उपलब्ध नगराएको आरोपमा राष्ट्रिय सूचना आयोग काठमाडौंले जरिवाना गराएको छ ।
मधेश सरकारद्वारा शहीद परिवारलाई छात्रवृत्ति र भरणपोषण भत्ता दिइने
मधेश सरकारले शहीद परिवारलाई भरणपोषण वापत मासिक २१ हजार रुपियाँ दिने भएको छ । भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम जनआन्दालेन, जनयुद्ध र मधेश आन्दोलनका शहीद परिवारलाई मासिक २१ हजार रुपियाँका दरले सो रकम दिने निर्णय गरेको हो ।
ठेकेदारका गल्तीले सप्तरी जलमग्न, जनजीवन प्रभावित
सातादेखि लगातार परेको पानीले सप्तरीका विभिन्न क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । कञ्चनपुर– कमला चारलेन सडक निर्माणको जिम्मा पाएको कम्पनीले पानी निकासी बन्द गर्दा सडकभन्दा उत्तरी क्षेत्रका दर्जनौं बस्ती जलमग्न भएको हो ।
सर्वोत्तम लिटोको प्याकेटमा कीरा
शिशुबच्चालाई खुवाउन तयारी गरिएको सर्वोत्तम प्रिमियम लिटोको प्याकेटभित्रै कीरा फेला परेको छ । महोत्तरीको वर्दिवास –१ नेमिसा फार्मेसीबाट खरिद गरिएको सर्वोत्म प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको हो ।
निजगढमा अधिक वर्षा : १४ स्थानमा पानीको सतह बढेपछि खतराको घण्टी बज्याे
बाढी पूर्वानुमान महाशाखाले मापन गरेको २३४ वटा स्टेसन मध्ये १४ वटा नदी स्टेसनमा पानीको सतह बढेपछि खतराको घण्टी बजेको छ ।