• ७ जेठ २०८१, सोमबार

कार्यकर्तालाई इमान्दार बन्न अध्यक्ष ओलीको निर्देशन

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु कार्यक्रममा ।

कृष्णनगर (कपिलवस्तु), वैशाख २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ ।  

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनमा आज सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशील हुने उहाँको भनाइ छ । 

कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ ।”

उहाँले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताउनुभयो । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शैयाको अस्पताल उद्घाटन गर्नुभयो । रासस