• १२ साउन २०८१, शनिबार

विश्व सगरमाथा दिवस मनाउँदै ललितपुर महानगरपालिका

blog

ललितपुर, जेठ ६ गते। सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप सगरमाथा दिवस मनाउन सुरु गरिएको हो। 

विश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नम्बर २६ को बालअधिकार समितले बालबालिकालाई स्पोर्टस क्लाइम्बिङ खेल अन्तर्गत परिचायात्मक कार्यक्रमको आयोजना गरेको छ। 

ललितपुर क्लाइबिङ फेस्टिफको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नम्बर २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, र गोदावरी नगरपालिका वडा नम्बर ८ गणेश मावि स्कुल व्यवस्थापन समिति लगायतले फरकफरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवस मनाएका हुन्। 



 विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा फराउन सफल हुनुभएको थियो।