• ७ जेठ २०८१, सोमबार

निजगढमा अधिक वर्षा : १४ स्थानमा पानीको सतह बढेपछि खतराको घण्टी बज्याे

blog

काठमाडौं, असार १६ गते । बाढी पूर्वानुमान महाशाखाले मापन गरेको २३४ वटा स्टेसन मध्ये १४ वटा नदी स्टेसनमा पानीको सतह बढेपछि खतराको घण्टी बजेको छ ।

यी मध्ये नारायणी नदी अन्तर्गत वाराको निजगढमा सबैभन्दा धेरै पानी परेको छ । निजगढ स्थित ०९१० नम्बरको स्टेसनले मापन विहीबार विहान ७ः५० मा २१६ मिलिमिटर पानी परेको मापन गरेको छ । अन्य मध्ये यो सबैभन्दा धेरै भएकाले नारायणी नदीको उक्त क्षेत्र आसपासमा उच्चसतर्कता अपनाउन वाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । 

त्यसै गरी लगातारको बर्षाका कारण नारायणी नदीकै कुमाल गाउँ, पोखरा, दाङ, धुम्कउली,बल्ड्याङगढी, मलुङवा, पस्चिम राप्ती नदीको घोरही र हसनपुर, लालबकैया नदीको कोभि, कोशी नदीको सिन्धुली माडी, कर्णाली नदीको नेपालगञ्ज विमानस्थल र गण्डकी नदीको तानसेनमा भारी वर्षले पानीको वहाव उच्च हुँदा खतराको खण्टी बजेको महाशाखाको तथ्याङक छ । यी क्षेत्रहरुमा मोवाइलबाट एसएमएस र सामाजिक सञ्जाल मार्फत उच्चसर्तकता अपनाउन अनुरोध गरे सकिएको जनाएको छ । 

महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको संकेत दिने गरेको छ । 


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।