काठमाडौँ, चैत १६ गते । ६,४३३ मिटर अग्लो शार्फु हिमालको पहिलो पटक सफल आरोहण भएको छ । एक जना चिलीका आरोही र तीन नेपाली गरी चार जनाको टोलीले हिमालको सफल आरोहण गर्नुभएको हो । हिमालको चुचुरो पुग्नु हुनेहरूमा चिलीका आरोही ५९ वर्षीय हेरनान डेविड लियल बरिएन्टोन, सोलुखुम्बुका लाक्पा छिरी शेर्पा, ताप्लेजुङका ङादा शेर्पा र गोरखाका पूर्णिमा श्रेष्ठ छन् । एक्स्ट्रिम क्लाइम्बर्स ट्रेक्स एन्ड एक्सपीडिसन कम्पनीले आयोजना गरेको पहिलो शार्फु आरोहण टोलीले चैत १२ गते दिउँसो ३ बजे हिमालको चुचुरोमा पाइला टेकेको हो । कञ्चनजङ्घा क्षेत्रमा रहेको यो अति विकट र दुर्गम क्षेत्रमा रहेको हिमाल आरोहणसँगै नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिएको कम्पनीका निर्देशक पेम्वा शेर्पाले बताउनुभयो । हिमालै हिमालको देश भनेर विश्वले चिन्ने नेपालमा करिब तीन हजारभन्दा बढी हिमाल पहिचान भएको छ । यीमध्ये संसारकै अग्ला ८ हजार मिटर माथिका ८ वटा हिमाल पनि नेपालमै छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार पहिचान भई आरोहण खुल्ला गरिएका मध्ये अझै ६० वटा भन्दा बढी हिमालको आरोहण हुन सकेको छैन । यी हिमालहरूको आरोहण र प्रवर्द्धनमा निजी कम्पनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको र यसमा राज्यले थप सहयोग गर्नुपर्ने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुहुन्छ । नयाँ हिमालको पहिचान र आरोहण गर्ने आरोही र कम्पनीलाई राज्य सम्मान गर्दै प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने उहाँले माग गर्नुभयो ।
काठमाडौँ, चैत १५ गते । नेपाल भित्रिने विदेशी पर्यटक मध्ये टपटेन देशहरू मध्येमा पर्ने दक्षिण कोरियाली पर्यटक पनि हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोरियाबाट नेपाल आउने पर्यटक हाल वार्षिक रूपमा २७ हजार छन् । यो सङ्ख्या पर्याप्त नभएको भन्दै यसलाई आगामी दिनमा ५० हजारमा पुर्याउने कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) ले जनाएको छ । पर्याप्त सम्भावनाहरू भए पनि प्रचारप्रसारलाई थप विस्तार गर्ने हो भने वार्षिक कोरियाली पर्यटकको सङ्ख्या ५० हजार पुग्ने नेपालका लागि कोरियाली राजदूत ताइँ योङ पार्कले बताउनुभयो । कोटानको आठौँ वार्षिकोत्सवकाे अवसरमा सम्बोधन गर्नुहुँदै राजदूत पार्कले भन्नुभयो कोरियामा प्रत्येक साता ५० लाखले पहाडमा पदयात्रा गर्ने भएकाले ती मध्ये दुई प्रतिशत मात्र नेपाल आउने हो भने पनि वार्षिक ५० हजार पुग्ने बताउनुभयो । नेपाल र कोरियाको वातावरण , नेपालको पर्यटकीय प्रचुर सम्भावनालाई नेपाल पर्यटन बोर्ड र सरकारी निकायहरूले थप पहल गर्नुपर्ने कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) का अध्यक्ष अमरबहादुर शाहीले बताउनुभयो । सुरक्षित पदयात्रा आजको मुख्य आवश्यकता भएकाले कोटानले कोरियाली पर्यटकको उद्धार र सुरक्षाका लागि दूतावाससँग सहकार्य गरी महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । गत वर्ष नेपाल र कोरिया कूटनैतिक सम्बन्ध कायम भएको ५० वर्षको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको कोटानका कोषाध्यक्ष ङावा निमा शेर्पाले बताउनुभयो । कोरियाली पर्यटकको सम्भावना बढी भएकाले हवाई मार्ग विस्तारदेखि भाडा दर सन्तुलनसमेतलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने शेर्पाले माग गर्नुभयो । कोटानले बिहीबार काठमाडौँमा पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाको सहभागितामा आठौँ स्थापना दिवस मनाएको छ ।
झिसमिसेमै असनका पेटीहरूमा खर्पन र पोको बोकेर तरकारीका खुद्रे व्यापारीहरूको भीड लाग्न सुरु हुन्छ । किनकि बिहान ८ बजेभन्दा पछि असनको व्यापारको शैली फेरिन्छ । बिहान तरकारी त दिउँसो र रातीसम्म कपडा र अन्य व्यापार ।
सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।
सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब शतप्रतिशतले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ ।
सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पा वेपत्ता भएका छन् ।
पछिल्लो समय खुम्बु क्षेत्रमा पर्यटक बेपत्ता भएको खबर सुन्न छाडिएको छ । यस अघि प्रत्येक सिजनमा पर्यटक बेपत्ता हुने गरेको तथ्याङ्क छ । गाइड विना नै (एफआइटी) पदयात्रामा जाने पर्यटकहरूले बाटो र भौगोलिक बनावट पत्तो लगाउन नसक्दा बेपत्ता भएर मृत्यु हुने गरेको सङ्ख्या बढ्दै गएपछि खुम्बु क्षेत्रमा गत असोज महिना देखि ट्रेक कार्ड वितरण सुरु भएको छ ।
काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रको शेर्पा गुम्बामा १३ औँ नेपाल ञिङ्मा मोन्लम (प्रणिधान पूजापाठ) कार्यक्रम सुरु भएको छ । नेपाल बौद्ध ञिङमा सङ्घको आयोजनामा पौष १७ देखि २२ गते सम्म छ दिने मोन्लम पूजा सुरु भएको हो ।
खराब मौसमको कारण रोकिएको सोलुखुम्बुको लुक्ला विमानस्थलको उडान बिहीबार देखी सुरु भएको छ । मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान सुरु गरेको हो ।
केही वर्ष अघिसम्म बेसक्याम्पहरूलाई अस्थायी बासस्थानका रुपमा मात्र लिँदै सामान्य तवरले बेसक्याम्प तयार गर्ने गरिन्थ्यो । पछिल्लो वर्षदेखि बेसक्याम्पलाई लक्जरी बनाउन थालिएपछि आरोहीहरूले तारे होटेलको सुविधा बेसक्याम्पमै पाउने गरेका छन् ।
विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाललाई दोहोर्याएर आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल हुनुभएका आरोही सानु शेर्पालाई नागरिक अभिनन्दन गरिएको छ ।
काठमाडौं, साउन ३१ गते । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा नीलहरि बास्तोला निर्वाचित हुनुभएको छ । काठमाडौंमा सोमबार सम्पन्न अधिबेशनबाट प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई पछि पारेर बास्तोला विजयी हुनुभएको हो । त्यसै गरी समितिकाे अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित हुनुभएको छ । समितिको अन्य सदस्यहरुमा महिला सदस्य सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पादोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने र निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ ।
निरन्तरको बर्षासँगै मंगलबारपनि मध्यम देखि भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षासँगै मंगलबार महाकाली नदीमा पानीको वहाव उल्लेख्य बृद्धि हुने भएकाले सतर्कता अपनाउन वाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।
कोरोना भाईरस(कोभिड–१९) महामारीका कारण ठप्प भएको नेपालको पर्यटन आगमन पुनः पुरानै लयमा फर्किएको छ । दुई वर्ष भन्दा धेरै सुस्ताएको पर्यटन क्षेत्र सन् २०२२ को सुरुवातसँगै पर्यटक आउने क्रममा बृद्धि भएपछि थप जुरमुराउन थालेको हो ।