• १३ असोज २०८१, आइतबार

टानको अध्यक्षमा बास्तोला निर्वाचित

blog

नवनिर्वाचित टानका कार्यसमितिहरु । तस्बिरः गोरखापत्र

काठमाडौं, साउन ३१ गते । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा नीलहरि बास्तोला निर्वाचित हुनुभएको छ । काठमाडौंमा सोमबार सम्पन्न अधिबेशनबाट प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई पछि पारेर बास्तोला विजयी हुनुभएको हो । 

त्यसै गरी समितिकाे अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित हुनुभएको छ । 

समितिको अन्य सदस्यहरुमा महिला सदस्य सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पादोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने र  निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।