• १२ असार २०८१, बुधबार

छाक टार्ने असनको तरकारी बजार (फोटो फिचर)

blog

असन बजारमा तरकारी विक्री गर्नुहुँदै महिला किसान । तस्बिर: छेटु शेर्पा

काठमाडौँ, जेठ १ गते । झिसमिसेमै असनका पेटीहरूमा खर्पन र पोको बोकेर तरकारीका खुद्रे व्यापारीहरूको भीड लाग्न सुरु हुन्छ । किनकि बिहान ८ बजेभन्दा पछि असनको व्यापारको शैली फेरिन्छ । बिहान तरकारी त दिउँसो र रातीसम्म कपडा र अन्य व्यापार । 

हिजोआज भने असन बजारमा तरकारी किन्नेको बिहानै भीड लाग्ने गर्छ । केजी, धार्नी र ढक मात्र नभएर यहाँ १० रुपियाँदेखि तरकारी किन्न पाइन्छ । त्यसैले बिहान खुट्टा टेक्ने ठाउँ पाइन्न । यहाँको मुख्य विशेषता पनि यो नै हो । 


सामान्य गुजारा गरेर छाक टार्नेहरूका लागि असन बजार रोजाइमा पर्न थालेको छ । भरिया, कामदार, मजदुरी गर्नेहरू र गाडी, ट्याक्सी चालकदेखि सम्पन्न परिवारका सदस्यहरू यहाँ तरकारी किन्न आउने गरेको पाइन्छ । सञ्चय गर्नु नपर्ने र ताजा नै खान पाइने अनि थोरै रकममा पनि तरकारी किन्न पाइने भएकाले असन बजारमा आउने गरेको ट्याक्सी चालक सञ्जीव विष्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, असन बजार सामान्य गुजारा गर्नेहरूका लागि छाक टार्ने बजारको रूपमा चिनिन थालेको छ ।


भीडले नछाड्ने यो असन बजार सायदै नेपालको पुरानोमध्येको एक बजार हो । पचास वर्ष अघि पनि यहाँ बजार लाग्ने गरेको र किसानले उत्पादन गरेको खाद्यान्न र तरकारी बिक्री गर्नुपरेमा असन बजार नै पहिलो रोजाइमा पर्ने अग्रजहरू बताउँछन् । 

ऐतिहासिक विशेषताको यो बजारले बस्तु साटासाटदेखि नगद कारोबार र क्युआर स्क्यानको डिजिटल अवस्थालाई समेत समेटेको छ । 



Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।