जेनेभा, वैशाख १६ गते । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई आधारभूत जीवनयापनका लागि अत्यावश्यक वस्तुमा लगाइएका प्रतिबन्ध हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गर्नु भएको छ ।
जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता अल खितानले यस्तो अपिल गर्नुभएको हो । प्रवक्ता अल खितानले इजरायललाई गाजामा प्यालेस्टिनीको आधारभूत आवश्यकता पूरा गर्न र मानवीय सहायताको प्रवेश र प्रवाहमा लगाएका सबै प्रतिबन्ध हटाइ सुरक्षा सुनिश्चित गर्न सुझाव दिनु भएको छ ।
लामो समयको निरन्तरको द्वन्द्वले स्वच्छ पिउने पानी, खाना, खाना पकाउने ग्यास लगायएतका अत्यावश्यक आपूर्तिको तीव्र अभावलाई औंल्याउँदै गाजाको अवस्था निकै गम्भीर रहेको उहाँले बताउनुभएको छ । सन् २०२५ अक्टोबरदेखि गाजामा युद्धविराम भएता पनि, यस क्षेत्रले कडा नाकाबन्दी साथसाथै दैनिक इजरायली आक्रमणको सामना गरिरहेको छ जसको परिणाम स्वरूप हजारौं नागरिक हताहत भएको जनाइएको छ । रासस/क्युएनए