राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । साउन २७ गतेसम्म निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने गरी बोर्ड शुक्रबार सूचना जारी गरेको छ ।
पूर्वीनवलपरासी पूर्वको दुम्कौली र पर्साको परवानीपुरमा अत्याधिक वर्षा भएको छ । वर्षासँगै आएको बाढीले सर्तकता तह पार गरेपछि सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मनसुनी प्रणाली सक्रिय रहेका कारण आज (बुधबार) देशभर भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ भने काठमाडौं उपत्यका लगायतका क्षेत्रमा बर्षा हुने क्रम जारी रहेको छ ।
सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पुर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पुर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारवाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
आरोही गाइड पासदावा शेर्पाले ६९ दिनमा ८ हजार मिटर माथिका पाँच वटा हिमालको आरोहण गरी विश्वकीर्तिमान बनाउनुभएको छ । संखुवासभा मकालुका ३१ वर्षीय शेर्पाले शुक्रबार विहान विश्वकै अग्लो हिमाल केटुको आरोहण गरेसँगै उहाँ छोटो समयमा पाँच अग्ला हिमाल आरोहण गर्ने आरोही बन्नुभएको हो ।
नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियन नागरिकहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
विहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ आरोहण गरेसँगै संखुवासभाका आरोही गाइड सानु शेर्पा विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल हुनुभयो । विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको दोहोर्याएर आरोहण गर्ने उहाँ पहिलो आरोही हुनुभएको छ ।
मनसुनी प्रणाली विहीबार थप सक्रिय बन्ने भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा भन्दा उत्तरतिर अवस्थित रहेकोले मनसुन थप सक्रिय बन्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
नागार्जुन नगरपालिका– ८ दर्शनखोलामा बुधबार राती करिव १ः०० बजे कुखुरा खान आएको चितुवाले आक्रमण गर्दा स्थानीय पाँच जना घाइते भएका छन् ।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो फेरि सुरु भएको छ । विहीबार विहानै देखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नविकरण नगरी सञ्चालनमा रहेका क्यासिनो कम्पनीको इजाजत बन्द गर्ने चेतावनी दिएको छ । ताकेता गर्दा समेत इजाजत नविकरण नगरेको भन्दै १४ वटा संस्थाको नामसहितको सूचना जारी गर्दै यस्तो चेतावनी दिएको छ ।
भन्सार विभागले २१ वर्षपछि पहिलो पटक ६६० जना भन्सार एजेन्ट नियुक्ती गरेको छ । लिखितमा उर्तिण भएका आवेदकलाई अन्र्तवार्ताबाट उर्तिण गराएर विहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी ६६० जनालाई नियक्ती गरेको विभागले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले मापन गरेको २३४ वटा स्टेसन मध्ये १४ वटा नदी स्टेसनमा पानीको सतह बढेपछि खतराको घण्टी बजेको छ ।
ई.पि.एस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग ई.पि.एस कोरिया शाखा सोमबार प्रकाशन गरेको नजितामा कृषि तथा पशुपालन तर्फको पहिलो चरणको परीक्षा सहभागिहरु मध्येबाट एक हजार ८०९ जना उतीर्ण भएको छ ।