नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ । बैठकको निर्णय बारे जानकारी गराउनु हुँदै एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले सिफारिस भएका नामवली सार्वजनिक गर्नु भएको
काठमाडौं, चैत २६ गते । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको टोलीले सगरमाथाको आरोहण अनुमति लिएको हो।यी मध्ये धेरै आरोही रहेका देशहरुमा अमेरिका ५१ जना, बेलायत २५ जना, भारत १५ जना, क्यानडा ११, नेपालका ११ जना, अष्ट्रेलियाका १० जना र चीनबाट नौ जना आरोही छन् ।आरोही मध्ये ४६ जना महिला र १५८ जना पुरुष छन् । कोरोना महामारीपछि संख्यात्मक रुपमा कम भए पनि धेरै देशबाट आरोहीको सहभागिता छ ।सगरमाथा बाहेक १७ हिमालमा ३०१ आरोहीयस वर्ष सगरमाथा बाहेक १७ वटा हिमाल आरोहणका लागि ३०१ जना आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन् । विभागले जारी गरेको सूचनाअनुसार यीमध्ये आठ हजार मिटरदेखि छ हजार मिटरसम्मका छन् ।रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ ।यी मध्ये ३८ वटा आरोहणदलबाट कञ्चनजंगा, ल्होत्से, नुप्से, धौलागिरि, धौलागिरि एक, आमादब्लमलगायत गरी १७ हिमाल आरोहण गर्ने भएका छन् । सगरमाथासहित यस महिना १८ वटा हिमाल आरोहण हुने पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।विभागले आरोहण रोयल्टी शुल्क बापत २९ करोड ७४ लाख ३४ हजार रुपियाँ राजश्व समेत संकलन गरेको छ ।
काठमाडौं, चैत ३० गते । स्थानीयवासीको अवरोधका कारण निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माणमा ढिलाई भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निर्माण अवरोधले खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहमा समस्या भएको हो ।प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका छन् । केही स्थानमा मार्गाधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दे प्रसारण लाइनको तार तान्न दिएका छैनन् ।कानुनी व्यवस्था अनुसार प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मूल्याङ्कित रकमको २० प्रतिशत क्षतिपूर्ति निर्धारण गरिएको छ । रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३२ किलोमिटर छ ।प्रसारण लाइनमा पर्ने १०५ वटा टावरमध्ये सबैको जग हालिएको छ । १०१ वटा टावर खडा गरिएको छ भने २० किलोमिटर तार टांगिएको छ । गर्ज्याङमा १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन तथा सबस्टेसनका अधिकांश उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको छ ।पूर्वाधार तयार नहुँदा हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको १२ मेगावाट जडित क्षमताको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइनमा जोड्न सकिएको छैन । आयोजना व्यवस्थापनले निरन्तर पहल र प्रयास गरे तापनि अवरोध हट्न नसक्दा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसकेको हो ।प्रसारण लाइन अभावमा विद्युत खेर जाने अवस्था आएपछि निर्माणमा भइरहेको अवरोध खुलाउन नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले पहल सुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले आयोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरी अवरोध हटाउन प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुसँग छलफल गरेको छ ।कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन अभावमा विद्युत जोड्न नसक्नु पीडादायी रहेको बताउँदै आगामी असारभित्रमा जसरी पनि आयोजनाको काम सक्नु पर्ने बताउनुभयो । ‘प्रसारण लाइन अभावमा १९ मेगावाट विद्युत जोड्न सकिएको छैन, यसबाट आयोजनाका लगानीकर्तालाई मात्र नभएर देशलाई नै घाटा भइरहेको छ, कानुनी व्यवस्था अनुसार मुआब्जा तथा क्षतिपूर्तिका विषयमा अधिकतम लचक बन्न तयार छौं, स्थानीयसँग सहमति कायम गरी अवरोध हटाएर प्रसारण लाइन निर्माणमा सबैले सहयोग गरिदिनु घिसिङले अनुरोध गर्नुभयो ।आयोजनाको ठेकेदार पिङगाओ ग्रुप कम्पनी, चीनले निर्माणमा ढिलाई गर्ने देखिएपछि हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धकहरु सम्बद्ध फ्रेण्डसीप इन्जिनियरिङले सब–कन्ट्रयाकमा काम लिएको थियो । तर, कोभिड–१९को महामारी, समयमा निर्माण उपकरणहरु आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको हो ।अनुमानित लागत २ करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।