लगातार परेको पानीले मुख्यमुख्य नदीहरुमा बाढीले खतराको सतह नाघेको छ । मंगलबार विहानसम्म मापन भएको पानीको सहतमा कोशी, चुरिया, कन्काई र तिनउ नदीमा बाढीले सतह पार गरेको बाढी पूर्वानुमान महाशाखाको तथ्याङकमा उल्लेख छ ।
सरसफाइ व्यवस्थापन गर्न नसक्दा जताततै फोहाेरले दुर्गन्धित हुँदै गएको काठमाडौं उपत्यकाका बहुसंख्यक मानिसहरुलाई यहाँ उत्पादन हुने फोहोर कहाँ व्यवस्थापन गरिन्छ भन्ने बारेमा जानकारी नभएको पाइएको छ ।
पर्यटकीय गन्तव्यको यात्रा सहज बनाउन सडक निर्माण गर्नेगरी बजेट विनियोजन, ग्रेट हिमालयन ट्रेड निर्माणका लागि ३३ करोड र स्थानीय तहको २१६ स्थानमा सञ्चालित पर्यटक पूर्वाधार कार्यक्रमका लागि ९० करोड रुपियाँ विनियोजन गरिएको छ ।
साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो ।
हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व संकलन गरेको छ । विभागले २७ वटा हिमाल आरोहणका लागि १२३ आरोहणदलबाट उक्त राजस्व संकलन गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण बेग्लै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ।
नेपाल र भारतका प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र दामोदार दास मोदीको उपस्थितिमा दुई देशबीच विभिन्न पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुनुहुन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुग्नु भएको छ । प्रधानमन्त्री मोदी हेलिकप्टरबाट भर्खरै लुम्बिनी आइपुग्नु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ लुम्बिनी आइपुग्नु भएको हो ।
परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको लुम्बिनी भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार विहान लुम्बिनीमा भ्रमणको लागि आउनु हुनेभएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्यीय टोलीसहित प्रधानमन्त्री मोदी औपचारिक भ्रमणमा लुम्विनी आउनु हुने भएको हो ।
सङ्खुवासभामा जन्मिनु भई हाल अमेरिका निवासी आरोही गाइड लाक्पा शेर्पाले बिहीबार विहान ६ः१० बजे १० औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।
यस बसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो ।
यस महिना विभिन्न हिमाल आरोहणका क्रममा चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजंगा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो ।
मानव पाइला नपुगेका हिमालको सफल आरोहण गर्ने कोरियाका छ आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले सम्मान गर्नुभएको छ ।