• १७ असार २०८१, सोमबार

भृकुटीमण्डपमा आज पनि आगलागी

blog

काठमाडौं, असार ३० गते । भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो विहीबार फेिर सुरु भएको छ । विहीबार विहानैदेखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । 

बाँकी रहेको आगोबाट थप आगो सल्किएको तर ठुलो क्षति नभएको राठौरले जानकारी दिनुभयो । बिहान ६ः३० बजेतिर आगो सल्केको ठाउँबाट धुवाँ देखिएको थियो । हालको अवस्थामा नेपाल प्रहरी  र सशस्त्र प्रहरी उक्त घटना स्थलमा  आई सोहि स्थानमा  परिचालन गरिएको छ ।

आगो निभाउन काठमाडौं महानगरपालिकाको एउटा दमकल र एउटा पानी ट्यांकर प्रयोग भइरहेको छ । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।