• १३ असोज २०८१, आइतबार

आधा वर्षमै करिब तीन लाख पर्यटक भित्रिए

blog

काठमाडौं, साउन २० गते । कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण ठप्प भएको नेपालको पर्यटन आगमन पुनः पुरानै लयमा फर्किएको छ । दुई वर्षभन्दा धेरै सुस्ताएको पर्यटन क्षेत्र सन् २०२२ को सुरुवातसँगै पर्यटक आउने क्रममा वृद्धि भएपछि थप जुरमुराउन थालेको हो । 

अध्यागमन विभागसँग सहकार्य गरी नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङक अनुसार सन् २०२२ को जनवरी देखि जुलाई महीनामा दुई लाख ८२ हजार १२२ जना पर्यटक आएका छन्। सुरूको चार महिनामा पर्यटकको सङ्ख्या वृद्धि भएको थियो । तर पछिल्लो तीन महिनामा तीन महीनामा पर्यटक आगमनको संख्यामा कमी आएको छ । यो समय पर्यटकका लागि अनुकूल समय नभएका कारण आगमन कम भएको नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार, जुलाईमा ४४ हजार ४६२ जना विदेशी पर्यटक भित्रिएका छन्। जसमा छिमेकी देश भारतबाट १७ हजार २९९ जना र चीनबाट एक हजार ५९३ जना पर्यटक छन्। बोर्डको तथ्याङकनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३४८, मेमा ५३ हजार ६०८ र जूनमा ४६ हजार ९५७ पर्यटक आएका छन्।

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।