देवराम यादव
सप्तरी, चैत १५ गते । नेपाल कम्युनिष्ट पार्टीेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा विरोधपत्र (ज्ञापनपत्र) बुझाएका छन् ।
पक्राउको विरोधमा नेकपा(एमाले)का कार्यकर्ताहरूले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पूर्वप्रधानमन्त्री ओलीको पक्राउको विरोधमा विरोध पत्र बुझाएको हो । सो क्रममा एमाले जिल्ला कमिटी सप्तरीका जिल्ला अध्यक्ष जयप्रकाश ठाकुरले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।
ज्ञापनपत्रमार्फत एमालेले ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेको छ । साथै, उक्त कदमलाई गैरकानुनी र अलोकतान्त्रिक भएको दाबी गरिएको छ ।
एमाले सप्तरीका जिल्ला अध्यक्ष ठाकुरले सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै कानुनविपरीत गरिएको पक्राउ तुरुन्त खारेज गरी ओलीलाई अविलम्ब रिहा गर्नुपर्ने माग गरेका छन । उहाँले माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उहाँहरूले नाराबाजी गर्दै सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए ।