सुतेर धर्ना दिने चेतावनी
मधेश प्रदेश सरकारविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनाएको छ। शुक्रबार जनकपुरधामस्थित दस दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीसँगको कुराकानीमा चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संरक्षण तथा सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएका कारण साउन १५ गते (आइतबार) मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने बताउनुभयो । उहाँले सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक आन्दोलन तथा अनशन बस्दा पनि नेता,
हिंसा रोक्न युवा महिला क्रियाशील हुने
मधेस प्रदेशमा बढ्दो महिला हिंसाको कारण दाइजो प्रथा रहेकाले यसको न्यूनिकरण गर्न अखिल नेपाल महिला संघले युवा महिला सघ गठन गरेको छ । मधेस प्रदेशको आठ जिल्लामा घरपरिवार, समाज र पुरानो संस्कृतिका कारण समेत हिंसा बढिरहेकाले यसतर्फ अखिल नेपाल महिला संघको ध्यान केन्द्रित भएको सो संस्थाले जनाएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जनार्जन खत्री सर्लाही, साउन १३ गते। सर्लाहीको बरहथवा नगरपालिका-१०, किसान टोलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका-५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो। बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ। यसैबीच, सर्लाहीको पर्सा गाउँपालिकामा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पानी तान्ने मोटर चलाउनेक्रममा करेन्ट प्रवाह भएर पर्सा गाउँपालिका–६, बस्ने ४५ वर्षीय सुबोध झाको मृत्यु भएको हो। झालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
अदालतको आदेशपछि मेडिकल कलेज निर्माण ठप्प
महोत्तरी जिल्लाको बर्दिबासमा सरकारले निर्माण गर्ने बहुप्रतीक्षित मेडिकल कलेज निर्माणको कार्य सर्वोच्च अदालतको आदेशले ठप्प भएको छ । बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवीप्रसाद सुवेदीले अहिलेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्नेमा अदालतको आदेशको कारणले निर्माण कार्य ठप्प रहेको जानकारी दिनुभयो ।
विद्युतीकरणको काम रोक्न आग्रह
बाराको चारकोसे जङ्गलभित्र रहेको टाँगिया बस्तीमा विद्युत् प्राधिकरणले गरिरहेको विद्युतीकरण तत्काल रोक्न बारा–पर्सा वन प्राविधिक सङ्घले माग गरेको छ। अतिक्रमण भएको टाँगिया बस्तीक्षेत्र समेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार लगत लिने कार्य सम्पन्न भइसकेको भन्दै बिहीबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा बारा–पर्सा वन प्राविधिक सङ्घका अध्यक्ष राजदेवप्रसाद यादवले विद्युतीकरण रोक्न आग्रह गरिएको बताउनुभयो।
झडप राेक्न १५ सेल टियर ग्याँस प्रहार : ११ जना घाइते
कर्मचारी हेरफेर गरेको विरोधमा बिहिबार दुई पक्षबीच भएको विवाद रोक्न प्रहरीले १५ सेल टियर ग्याँस चलाएको छ ।
नागरिकता विधेयकको विरोध गर्नु गलत : नेता निधि
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बिमलेन्द्र निधिले नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक मानसिकता भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाही शाखाले बिहीबार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता निधिले त्यस्तो बताउनुभयो ।
दुई लाख लुटेर फरार दुई जना पक्राउ
मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको हातबाट दुई लाख रुपियाँ लुटेर फरार दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
मिथिला चित्रकलाबाट रङ्गिए सरकारी कार्यालयका पर्खाल
सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको सरकारी कार्यालयका पर्खालहरु यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । ती पर्खालहरु मिथिला चित्रकलाले रङ्गिएको छ। धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाइको दृष्टिले कार्यालय परिसर क्षेत्रमा मिथिला कलामार्फत् देवी देवताका चित्र बनाउन लागेको हो ।