बर्दिवासमा आगलागीबाट करोडको क्षति
महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ । व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
सर्लाहीको हरिपूर्वामा युवकको हत्या
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका –३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको हो ।
नक्कली नागरिकता प्रकरण : छानबिन सुरु
नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।
मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि रिले अनशनमा बसेका चुरे अभियानकर्ता तथा सुकुम्बासीले आइतबार सुतेर धर्ना दिएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालको आयोजनामा भइरहेको रिले अनशनमा बसेका चुरे संरक्षण अभियानकर्ता र सुकुम्बासीले माग पूरा गर्न दबाब दिँदै मुख्यमन्त्री कार्यालयअगाडि सुतेर धर्ना दिएका हुन्।
महेन्द्र गेनाई अस्पताल सञ्चालन गर्न माग
भारतीय राजदूतावासको सहयोगमा धनगढीमाई नगरपालिका–११, छपरारीमा निर्मित महेन्द्र गेनाई प्रसूति तथा बाल कल्याण अस्पताल सञ्चालनका लागि स्थानीयवासीले माग गरेका छन्। २०६० सालमा भारतीय राजदूतावासले दुई करोड २९ लाख ४४ हजार ७१४ रुपियाँ स्वीकृत गरेको थियो। २०६४ सालमा शिलान्यास गरी सो रकमबाट २०६८ सालमा अस्पताल निर्माण सम्पन्न भएको अस्पताल समितिका अध्यक्ष गङ्गाराम महतोले जानकारी दिनुभयो।
बसबाट लडेर युवकको मृत्यु
सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बसबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाको सुदामा गाउँबाट सदरमुकाम मलङ्गवा आउँदैगरेको ग १ ख ९४५२ नम्वरको बसबाट लडेर कौडेना गाउँपालिका –३, बस्ने ३५ वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो ।
रकम लुटपाटको झुटो उजुरी दिने पक्राउ
महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
बस्तीमै सुरक्षा भत्ता नवीकरण
सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घुम्ती शिविरमार्फत घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ११ वटै वडामा घुम्ती शिविर चलाइएको हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिनुभयो ।
छुरा प्रहार गरी पाँच लाख लुटियो
महोत्तरी, साउन १४ गते। महोत्तरीको गौशाला-सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख लुटिएको छ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख लुटेको छ।आफ्नै गाउँमा वैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकेर प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो। अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाएर रकम लुटेर सो समूह भागेको थियो।छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ। रासस