• १२ साउन २०८१, शनिबार

खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु

blog

दौड प्रारम्भ गर्दै खुला म्याराथनका प्रतिस्पर्धीहरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ७ गते ।
ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु भएको हो ।

महोत्सवको अन्तिम दिन सोमबार खुला म्याराथन तथा महिला हाफ म्याराथन बिहान करिव ७ः३० बजे सुरु भएको हो । म्याराथन खुलातर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने दूरी निर्धारण गरिएको छ । खुला म्याराथनका लागि करिव ४७ किलोमिटर दूरी रहेको बताइएको छ ।

यस्तै, महिला हाफ म्याराथनतर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म पुगेर फुङ्लिङ बजार नै आइपुग्नुपर्ने छ । महिला हाफ म्याराथनका लागि दूरी करिब ३६ किलोमिटर हुने आयोजकले जनाएको छ । यता खुला म्याराथनमा ११३ जना र महिला हाफ म्याराथनमा ४७ जना प्रतिस्पर्धी सहभागी भएको म्याराथन उपसमिति संयोजक विनोद भारतीले जानकारी दिनुभयो ।

खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १११ रूपियाँ, उपविजेताले एकलाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै महिला हाफ तर्फका विजेताले ८१ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । सोमबार बिहानैदेखि पानी परेका कारण मौसम भने केही प्रतिकुल भएको छ ।