लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार
मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।
बागमती नदीमा डुबेर दुई पर्यटक बेपत्ता, एकको उद्धार
रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ ।
चुरेमा खहरे नियन्त्रण प्रभावकारी बन्दै
चुरे क्षेत्रको खहरेमा तटबन्ध निर्माणपछि वर्षाको बाढीसँगै बगेर जाने गिट्टी, बालुवा र माटो चुरे क्षेत्रमै रोकिएको छ । चुरे संरक्षण अभियन्ताका अनुसार भूमिगत जल भण्डारमा पनि वृद्धि भइरहेको छ । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मूल नाराका साथ चुरे संरक्षण अभियानअन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति एकाइ कार्यालय जनकपुर र सामुदायिक सुधार केन्द्र धनुषाले धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित बडहरी खोलाको सिरान तथा चुरे क्षेत्रको खहरेमा दुई वर्षअघि तटबन्ध निर्माण गरेपछि माटो र बालुवा बग्न रोकिएको छ ।
कोठाभित्रै छिर्छ भल
लहान नगरपालिका–१, मटिअर्वामा वर्षाको पानी सुत्ने कोठामा पसेपछि बिरामी ७० वर्षीया एकल दलित महिला सावित्रीदेवी दास समस्यामा पर्नुभएको शुक्रबार राति आँगनमा जम्मा भएको पानी सुत्ने कोठामा पसेपछि बिरामी परेकी सावित्रीदेवी कोठाबाट निस्कन पाउनुभएको छैन । घरआँगनमा दुई फिटभन्दा बढी पानी जम्मा भएर जलमग्न भएको छ ।
बदलियो सुकुम्बासी बस्ती
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वयनपछि मोहनपुर सुकुम्बासी बस्तीका महिला आर्थिक रूपमा सशक्त हँुदै गएका छन् । तीन सय घरधुरीको यो बस्तीको जीविकोपार्जनको सहारा बनेको समृद्धिले आर्थिक स्थिति सबल बनाएको छ भन्ने पाँच सयभन्दा बढी बालबालिकाको जीवनमा शिक्षाको उज्यालो छाएको छ । हिजोसम्म अभाव, गरिबी र हिंसाको चपेटमा रहेको समृद्धि आयोजनाले मोहनपुरका महिलाको फेरिएको जीवनशैलीे जिल्लाकै उदाहरणीय बनेको छ । एउटा गाई पाल्ने हैसियत नभएका परिवारले समृद्धिको साथ पाएर पाँचदेखि १० वटा गाईभैँसी पालन गरेर यस भेगलाई दुग्ध उत्पादनको पकेट क्षेत्रका रूपमा चिनाएका छन् । मोहनपुरको दूध उत्पादन समूहमा ९० प्रतिशत १८ देखि ४० वर्ष उमेर समूहका युवा महिला रहेका छन् ।
भारतीय तेल मिसाएर खाने तेल उत्पादन
कलैयामा रहेको खाने तेल उद्योगले भारतीय ब्रान्डका तेल मिसावट गरेर बेच्ने गरेको पाइएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामा: प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।
घरेलु हिंसा पीडितलाई अधिकारकर्मी र प्रहरीको सहयोगमा घरमा पुनःस्थापना
सुनसरी सदरमुकाम इनरुवा नगपालिका ७ का एक महिलालाई घर निकाला गरिएकोमा महिना दिनपछि घरमा पुनःस्थापित गराइएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न प्रधानमन्त्रीसहितको टोली बारामा
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुमगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली बारा पुग्नुभएको छ ।