• ७ जेठ २०८१, सोमबार

सूचना उपलब्ध नगराउने नगरपालिका प्रमुखलाई जरिवाना

blog

काठमाडौं, असार १६ गते । रौतहटस्थित राजपुर नगरपालिका प्रमुख बैंजु ठाकुरले सूचना उपलब्ध नगराएको आरोपमा राष्ट्रिय सूचना आयोग काठमाडौंले जरिवाना गराएको छ ।

राजपुर नगरपालिका–१ निवासी एक्रामुल हकले कोरोना महामारीका क्रममा नगरपालिकाले १ देखि ९ वडाका को क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या, एकजनाका लागि कति रकम खर्च भएको त्यसको सम्पूर्ण विवरण, कम्बल वितरणको सङ्ख्या र एक प्रति कम्बलको मूल्यदरसम्बन्धी सूचना माग गर्नुभएको थियो । तर, प्रमुख बैंजुले नागरिकको संविधान प्रद्धत्त र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको आयोगले ठहर छ ।

एक्रामुल हकले राजपुर नगरपालिकामा सूचनाको हकसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्दा समेत सूचना प्राप्त गर्न नसकेपछि ऐनको दफा– १ को उपदफा १ बमोजिम आयोगमा पुनरावेदन दिनुभएको थियो ।  

प्रमुख सूचना आयुक्त कमल ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीले असार १३ गतेको इजलाशबाट दश हजार रुपियाँ जरिवाना र पुनरावेदकको माग बमोजिमको सूचना उपलब्ध गराउन आदेश दिएको हो ।

आयोगका सूचना आयुक्त एवम् प्रवक्ता थापाले सूचना मार्गकर्ता हकले राजपुर नगरपालिकामा सूचनाको हक सम्बन्धी कानुनी प्रक्रिया पूरा गर्दा समेत सूचना प्राप्त गर्न नसकेपछि ऐनको दफा– १ को उपदफा १ बमोजिम आयोगमा पुनरावेदन दिनुभएको जानकारी दिनुभयो ।