• ११ माघ २०८२, आइतबार

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न : ३४१ जनाले मतदान गर्दा २३ अनुपस्थित

blog

मतदान गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव। तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, माघ ११ गते। राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि मतदान सम्पन्न भएको छ। मधेश प्रदेशको राजधानी जनकपुधामस्थित महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा सम्पन्न भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्य र दुई ४२ जना विभिन्न पालिकाका प्रमुख गरी तीन सय ४१ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मधेश प्रदेश सभाका एक सय प्रदेश सभा सदस्य र विभिन्न पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ६४ जना गरी जम्मा तीन सय ६४ जना मतदाता रहेकोमा एक जना प्रदेशसभा सदस्य र २२ जना विभिन्न पलिकाका प्रमुख, उपप्रमुख गरी जम्मा २३ जना मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद राउतले जानकारी दिनुभयो।

मतदान सम्पन्न भएपछि अहिले सर्वदलीय बैठक बसेर मतगणना प्रारम्भ गर्ने बारेमा निर्णय लिनेछ।निर्वाचन अधिकृत सुभास बाबु पुरीका अनुसार मधेश प्रदेशमा चार सिटका लागि ११ जना चुनावी मैदानमा हुनुहुन्छ।