• २६ वैशाख २०८१, बुधबार

बारामा कुटपिटबाट एक जनाको मृत्यु

blog

शिवशंङ्कर मिश्र 

बारा, जेठ २४ गते । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ पटेर्वा टोलका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा सोमबार राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।