• २७ वैशाख २०८१, बिहिबार

जानकी मन्दिरमा जुत्ताचप्पलको व्यवस्थापन

blog

जनकपुरधाम, जेठ २४ गते । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा जुत्ताचप्पलको व्यवस्थापन शुरु गरिएको छ । केही वर्षयता व्यवस्थापन नहुँदौ मन्दिर परिसरबाट जुत्ताचप्पल हराउने र चोरी हुने समस्या रहँदै आएको थियो ।

जनकपुरधाममा महिनापिच्छे हुने धार्मिक तथा साँस्कृतिक उत्सवका बेला जानकी मन्दिर दर्शन गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरभित्र प्रवेश गर्नुअघि नै जुत्ताचप्पल फुकाल्नुपर्ने हुन्छ । तर, केही वर्षयता जुत्ताचप्पल व्यवस्थापन कार्य अवरुद्ध रहँदा मन्दिरको मूल भवनबाहिर नै यत्रतत्र जुत्ताचप्पल छाड्नुपर्ने दर्शनार्थीको वाध्यता रहेको थियो । 

स्थानीय समाजसेवी वैद्यनाथप्रसाद साहका अनुसार फलामको स्ट्यान्ड बनाई जुत्ताचप्पल राख्ने व्यवस्थापन कार्य गर्न थालेपछि श्रद्धालुहरूलाई सजिलो भएको छ । श्रद्धालुहरू जुत्ताचप्पल फुकाएर स्ट्यान्डमा राख्न थालेपछि उहाँहरूलाई राहतको अनुभूति भएको हो । 

मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले भिडभाड भएका बेला मन्दिरबाहिर जुत्ताचप्पल छरिने र अन्य बेला पनि साटिने गरेको समस्या यसको व्यवस्थापनपछि समाप्त भएको बताउनुभयो ।