मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै
मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ ।
बिजलपुरासम्म रेलसेवा सञ्चालनकाे तयारी
सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । सम्भवतः साउन ३० गते देखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको जनाएको छ ।
बसरहित बसपार्क मुख्य चोकमा भीडभाड
लहानस्थित सिङग्राहीमा नवनिर्मित बसपार्क बसरहित हुन्छ । बसलगायत अन्य सवारीसाधन रोकिँदा यात्रुहरूको भीडभाडले लहानको मुख्य चोक दुर्गन्धित बनेको स्थानीयले बताएका छन् । मुख्य चोकमा रहेका बस काउन्टरमा बस चढ्न आउने र बसबाट ओर्लिने यात्रुलाई दिसापिसाब गर्न निकै अप्ठयारो हुने गरेको छ ।
४१ लाख ५५ हजार नगदसहित भारतीय युवक पक्राउ
प्रहरीले श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।
अठार करोडको रासायनिक मल बिक्री
सिराहाको लाहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड ५१ लाखको डिएपी र रु सात करोड ८१ लाखको युरिया बिक्री गरेको छ ।
अदालत जान थाले हिंसापीडित महिला
सप्तरी जिल्लामा चालू आर्थिक वर्षमा पन्ध्र सय ३१ महिला माथिको हिंसाको घटनामध्ये १७१ वटा घरेलु हिंसाको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाउँछ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रहरीमा गएको घटना सङ्ख्या ६३, सिधँै प्रहरीमा गएको घटना सङ्ख्या ५८ वटा र पीडितले सीधा अदालत पुगेर दर्ता गराएका मुद्दा ५० गरी घरेलु हिंसाको सङ्ख्या जम्मा १७१ पुगेको हो ।
वनको जग्गामा घरटहरा निर्माण
सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन् । फूलजोर बाबा साझेदारी वनक्षेत्रको पलोट (चौडी)मा पक्की घरसमेत निर्माण भएका छन् ।
छायाँ र माया दिने डेढ शताब्दीका वरपीपल
लहान नगरको चौबाटोमा लहरै तीनवटा रुख रहेका छन् । वरपीपल र अशोकका पुरानो रुख, यी तीनै रुखको आयु डेढ शताब्दीभन्दा बढी भएको छ । छाया मात्रै होइन, माया पनि दिइरहेको यहाँका स्थानीयको भनाइ छ । “जङ्गबहादुर कोइरालाले डेढ सय वर्ष पहिले लहान १३ र २४ नम्बर जाने चौतारामा वरपीपल र अशोकका बिरुवा मात्रै रोप्नु भएन । त्यस भेगका १० गाउँका स्थानीयलाई पानी खान पक्की इनार खनाउनु भयो । पक्की इनार खनाएकै कारण यस बस्तीको पक्की टोल नामकरण भयो,” स्थानीय परशुराम कोइरालाले जानकारी दिनुभयो ।
मधेशमा परेन पानी, भएन रोपाइँ
अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुनसकेको जनाइएको छ ।
‘कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ ’
नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभयो ।
कृषि अनुसन्धानमा सरकारले थप लगानी गर्छ : मन्त्री यादव
कृषि, शिक्षा, अनुसन्धान र प्रसारणमा गत वर्षभन्दा सरकारले बढी लगानी गर्ने संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बताउनुभएको छ । गृहजिल्ला सप्तरीमा मधेस प्रदेश सरकारद्वारा स्थापना गरिएको मधेश कृषि विश्व विद्यालयलाई सोमबार अवलोकन गर्नेक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्व सुरु
मिथिलाञ्चल क्षेत्रका नवविवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्व सोमबारदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता महिलाहरुले मनाउने गर्छन् ।
राहदानी खोज्नेको चाप थेग्न हम्मे
सर्लाहीको जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवनलाई राहदानी फाँटको चाप थेग्न हम्मे हम्मे भएको छ । सेवाग्राहीको भीड कम गर्न र उनीहरूको सहजताका लागि भन्दै विभिन्न नियम लागू गर्दा पनि सेवाग्राहीले यी दुई कार्यालयबाट सहज रूपमा राहदानी पाउन सकिरहेका छैनन् । राहदानीका लागि धेरै दिनसम्म जिल्ला प्रशासन कार्यालय धाउनु परेको सेवाग्राहीको गुनासो छ ।
तराईमा खडेरी, जनजीवन अस्तव्यस्त
धान रोपाइँको मध्य समयमा खडेरी हुँदा तराईका किसान निराश छन् । यस क्षेत्रमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन्, रोपेको धान बाली पनि सुक्न थालेको छ । वर्षा हुने आशमा किसान रात दिन आकाशतिरै हेरेर बस्न बाध्य छन् । तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन ।
साउने सङ्क्रान्ति मनाइँदै
दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् । जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् ।
बजारमा हरियो चुराको व्यापार बढ्यो
साउनभरी नारीले हरियो, पहेलो, रातो रङ्गका पहिरन, चुरापोते, मेहन्दी लगाउने चलनले यतिबेला सर्लाहीमा शृङ्गारका सामानको व्यापार बढेको छ । साउनका लागि भनेर त्यस्ता सामान किन्नेको बजारमा भीड लागेको छ ।
मधेश प्रदेशसभा बैठक बस्दै
मधेश प्रदेश सभाको बैठक शनिबार बस्दैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने गरी सूचना जारी गरिएको मधेश प्रदेशसभा सचिवालयले जनाएको छ ।
एक करोडको अवैध मेडिकल उपकरणसहित तीन जना भारतीय पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले एक करोड मुल्यबराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ ।
आगामी निर्वाचनसम्म गठबन्धन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी ( जसपा )ले आगामी सङ्घ र प्रदेशको निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय अध्यक्ष यादवले निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनु भएको हो ।
आधुनिक खेती प्रणालीबारे विद्यार्थीद्वारा नमूना प्रदर्शन
धनुषाको मिथिला नगरपालिका –९, बडहरीमा रहेको सार्वजनिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीले कृषि विज्ञान प्रदर्शनीको आयोजना गर्नुभएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा कृषि प्राविधिकतर्फका विद्यार्थीले सो प्रदर्शनीको आयोजना गर्नुभएको हो ।
डा. भट्टराईले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरियो : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको छ ।
तराई–मधेसमा दैनिक गर्मी बढ्यो
जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ ।
तराई–मधेसमा दैनिक गर्मी बढ्यो
तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
सङ्घीयता अनुकूल सांस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सङ्घीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।