मिथिला चित्रकलाबाट रङ्गिए सरकारी कार्यालयका पर्खाल
सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको सरकारी कार्यालयका पर्खालहरु यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । ती पर्खालहरु मिथिला चित्रकलाले रङ्गिएको छ। धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाइको दृष्टिले कार्यालय परिसर क्षेत्रमा मिथिला कलामार्फत् देवी देवताका चित्र बनाउन लागेको हो ।
‘न्यायिक समितिलाई सक्रिय पारौँ’
महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तहका न्यायिक समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार सर्लाही सदरमुकाम मलङ्गवामा जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले पालिकाका न्यायिक समितिलाई सक्रिय बनाउन सके स्थानीयस्तरमै प्रभावकारी र सर्वसुलभ ढङ्गबाट न्याय सम्पादन हुने बताउनुभएको हो।
परम्परागत भकारी राख्ने चलन हराउँदै
तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।
एक वर्षमा स्रोत नखुलेको एक करोड बयानब्बे लाख रुपियाँ बरामद
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले एक वर्षको अवधिमा स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपियाँ बरामद गरेको छ ।
शिव मन्दिरमा घुइँचो
साउन महिनाको दोस्रोे सोमबार हिन्दुु धर्मावलम्बी नारीले भगवान् शिवको पूजा आराधना गरी मनाइएका छन् । साउनको सोमबार शिवको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि हिन्दुु नारीले शिव मन्दिरमा गएर पूजा गरेका छन् । विशेषगरी महिलाले हरियो रङका वस्त्र, चुरा र मेहेंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा÷पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम
सर्लाहीको चक्रघट्टा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा पहिलो पटक अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ । गाउँपालिका–८ स्थित औरहीमा रहेको जनता माध्यमिक विद्यालयमा बाल विकास कक्षाबाट अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो । विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमकै अवसर पारेर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बाल विकासका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको पुस्तक वितरण गर्दै सो अभियानको शुभारम्भ गर्नुभएको हो ।
स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक पक्राउ
प्रहरीले धनुषा, पर्सा र रुपन्देहीबाट स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार जनकपुर उपमहानगरपालिका–१२ कुवाँबाट स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँसहित एक जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
एटिएम फुटाउँदै गरेको अवस्थामा दुईजना पक्राउ
माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् ।
२३ लाख नगद सहित भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
हिल्याउन पानी नपुग्दा रोपाइँ प्रभावित
मधेश प्रदेशको जिल्लामा खेत हिल्याउने पानीको अभावमा धान रोपाइँ प्रभावित भएको छ । खेत हिल्याउन चाहिने वर्षाको पानी तथा सिँचाइको पर्याप्त व्यवस्थापन नहुँदा धान रोपाइँ प्रभावित भएको हो ।
प्रयोगमा आएनन् घुम्ती शौचालय, शौच गर्न होटलमा खानैपर्ने
। जिल्लाको चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद भएको यो घुम्ती शौचालय अहिले प्रयोगविहीन रहँदा यात्री र बटुवालाई शौचको समस्या देखिएको छ।
करारका कर्मचारी हटाउँदा स्थानीय सरकारको कामकाज प्रभावित
सप्तरीका स्थानीय तहबाट करार कर्मचारी हटाउँदा यहाँको कामकाज प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधि आउँदा उहाँहरुले करारका कर्मचारी हटाउनुभएको हो । यहाँको हनृमाननगर, डाक्नेश्वरी, तिलाठी कोइलाडी, रुपनी, कञ्चनरुप लगायतका पालिकामा सृचना निकालेरै करारको कर्मचारी हटाउँदा स्थानीय तहहरुको कामकाज प्रभावित भएको छ ।
‘छोरी र ज्वाइँले घर न घाटको बनाए’
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६, फुलकाहा बस्ने ७५ वर्षीया सागरदेवी यादव आफ्नै छोरी र ज्वाइँले आफूलाई घर न घाटको बनाएको भन्दै न्यायका लागि भौँतारिरहनुभएको छ। उहाँले आफूलाई छोरा नभएकोले बुढेसकालमा छोरी र ज्वाइँले सेवा गर्लान् भनेको उनीहरूले नै उठिबास लगाएको बिलौना गर्दै दोषीलाई कारबाही गरी न्यायका लागि सबैलाई गुहार्नुभएको छ।
उम्मेदवारको छनोट एक डेढ महिना अघि नै हुन्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका दलबीच प्रदेश र प्रतिनिधि सभाको टिकट समयमै व्यवस्थान गरिने बताउनुभएको छ।
गीत प्रतियोगितामा मुनचुन पुरस्कृत
मधुश्रावणी पर्वको अवसरमा आयोजित मैथिली गीत प्रतियोगीतामा मैथिल भाषाकी गायिका मुनचुन देब झा ‘प्रिया’ पुरस्कृत हुनुभएको छ । प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिदै आएको प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट यस वर्ष तिरहुत गाउँपालिका –१ की प्रिया पुरस्कृत हुनुभएको हो ।
जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम
नेपाली कांग्रेस, मधेश प्रदेश कार्यसमितिको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा एक दिने अभिमुखिकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सुरु भएको छ ।
हराएकी महिलाको दुई दिनपछि शव फेला
बाख्रा चराउने क्रममा हराएकी सिराहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
कबाडी टिप्दै बालबालिका
लहानको मुख्य चोकमा बिहान दर्जनौँको सङ्ख्यामा विपन्न दलित बालबालिका कबाडी र फोहोर सङ्कलन गरिरहेका हुन्छन्। सडकमा फलिएका खाली पानी खाने बोटल, जुसका डिब्बाहरू सङ्कलन गरी कबाडी केन्द्रमा बिक्री गरी दिनहुँ दुई/चार सय कमाइ गरी आमाबुवालाई दिने गरेको कबाडी सङ्कलन गर्ने बालबालिकाले बताए।
नागरिकताको वाचा पूरा भयो : अध्यक्ष दाहाल
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकताका सम्वन्धमा सरकारले नागरिक समक्ष गरेको वाचा पूरा गरेको बताउनुभएको छ ।
भारतमा काँग्रेस नेत्री आरजुसँगै कुनै पनि राजनीतिक विषयमा छलफल भएकाे छैन : माओवादी अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताउनुभएको छ ।
हत्या भएकाे ४८ दिनपछि गाडेकाे स्थानबाट शव, श्रीमानसहित तीन जना पक्राउ
सर्लाहीको पर्सा गाउँपालिकामा ४८ दिनदेखि बेपत्ता एक महिलाको हत्या गरी खेतमा गाडेको अवस्थामा शव फेला परेको छ । जिल्लाको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–१, शीतलपुरकी २० वर्षीया निशा यादव हराएको ४८ दिनपछि उहाँको शव फेला परेको हो ।
साताको एक दिन प्रमुखले साइकल चढ्ने
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह सवारी इन्धनको बचत गर्न र पर्यावरणको संरक्षणका लागि साइकल चढेर कार्यालय आउनु भएको छ । साताको एक दिन शुक्रबार साइकल चढ्ने निर्णय गरे बमोजिम उहाँ शुक्रबार साइकल चढेर कार्यालय आउनु भएको हो ।
बलान नदी कटान रोक्न पूर्वतयारी
सिरहा सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पश्चिमी किनाराको कटान रोक्न पूर्वी किनाराबाट पानी बग्ने गरी लहान नगरपालिकाको जेसीबीले माटो खन्ने कार्य तीव्र रूपमा अघि बढाएको छ । पश्चिमी किनारा लहान–२३, तिलोबोना कडरियातर्फको कटानले पश्चिमतर्फबाट बलान बग्न थाले ठूलो क्षति हुनबाट रोक्न स्थानीयले लहान नगरपालिकालाई गुहारेका थिए ।
जनकपुरधामको फुटपाथ तीन दिनभित्र खाली गराइने
जनकपुरधाम उपमहानगरपालिकालाई व्यवस्थित बनाउन तीन दिनभित्र फुटपाथ खाली गर्न अनुरोध गर्दै जनप्रतिनिधिसहितको टोली सडकमा निस्केका छन् ।