• २ असार २०८१, आइतबार

आधुनिक खेती प्रणालीबारे विद्यार्थीद्वारा नमूना प्रदर्शन

blog

विद्यार्थीले प्रदर्शनीमा राखेका कृषि नमूनाहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, असार ३१ गते । धनुषाको मिथिला नगरपालिका –९, बडहरीमा रहेको सार्वजनिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीले कृषि विज्ञान प्रदर्शनीको आयोजना गर्नुभएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा कृषि प्राविधिकतर्फका विद्यार्थीले सो प्रदर्शनीको आयोजना गर्नुभएको हो ।  

विद्यार्थीले कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार र आधुनिक उपकहरणहरुको प्रदर्शन गर्नुभयो । विद्यालयका प्रधानाध्यापक विश्वनाथ महतोले पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाइलाई व्यवहारमा उतारेर देखाउन एक दिने प्रयोगात्मक कृषि विज्ञान प्रदर्शनीको आयोजना गरिएकोे बताउनुभयो । कृषि प्राविधिकका विद्यार्थीले प्राङ्गारिक मल, प्राङगारिक किटनाशक औषधि, हरियाली गाउँ, पानीमाथि अन्नबाली उत्पादनलगायत आधनुकि खेती प्रणलीबारे नमूना प्रदर्शनी गरिएको उहाँले जानकारी दिनुभयो । 


प्रधानाध्यापक महतोले प्राङ्गारिक मल र प्राङ्गारिक किटनाशक औषधि विद्यार्थी आफैले तयार पारेको बताउँदै आधुनिक खेती प्रणालीलाई बढी जोड दिएर नमूना प्रदर्शन विद्यार्थीले गर्नभएको बताउनुभयो । प्रदर्शनी आयोजनास्थल पुग्नुभएका मिथिला नगरपालिकाका नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा कृषि विज्ञान सामग्री तयार पारेर प्रदर्शनी गर्नु राम्रो भएको बताउनुभयो ।