माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की ११९५ मतले अघि
दोलखा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी पछिल्लो मत गणनाअनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले आफ्नो प्रतिस्पर्धीलाई ११९५ मतले पछाडि पार्नुभएको छ ।
ओझेलमा पर्यटकीय पामडाँडा
पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो ।
अझै बनेनन् विद्यालय
गत २०७२ को भूकम्पले क्षति भएका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन्। भवन निर्माणको ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भइरहेको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन्।
दोखला (क) बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी
दोलखा जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएको छ ।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित कांग्रेसका ५७ सांसद (तस्बिरसहितको विवरण)
मङ्सिर ४ गते सम्पन्न सङ्घीय चुनावको मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ दोलखाबाहेक १६४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल
मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्नरनगराउन सबैलाई सचेत गराएको छ।
सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँः माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ।
निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : निर्वाचन आयोग
काठमाडौं, मङ्सिर १८ गते। निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ। आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानुनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पार्नुभयो। उहाँले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताउनुभयो। उहाँले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको टुंगो लागिसकेपछि मतको हिसाब गरेर दललाई पत्र लेख्ने र दलले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने प्रष्ट पार्नुभएको छ। सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताउनुभयो। उहाँले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताउनुभयो। सहायक प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताउनुभयो।
कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन
नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ ।
संसद्मा हामी निर्णायक हुन्छौँ : सीके राउत
जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ। निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ।
प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ: गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताउनुभएको छ।
सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
दोलखामा एमालेका सिवाकोटी अगाडि
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा भएको प्रारम्भिक मत गणनाअनुसार सुरुदेखि अग्रतामा रहेका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीलाई उछिन्दै नेकपा (एमाले) बालकृष्ण सिवाकोटीले अग्रता लिनु भएको छ ।
प्रत्यक्ष निर्वाचनमा बढेन महिला प्रतिनिधित्व
दोस्रो पटक भएको प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने महिला प्रदेश सभा सदस्यको सङ्ख्या खासै बढ्न सकेन। ठूला र जनाधार भएका दलहरूले समेत महिलालाई पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार बनाउन प्राथमिकतामा नराखेका कारण पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व बढ्न नसकेको हो।
अफ्रिकन भाइरसबाट चार हजारभन्दा बढी बङ्गुर मरे
गत असारबाट अफ्रिकन स्वाइन फिभर भाइरस फैलिएपछि अहिलेसम्म चितवनमा चार हजार ४९० वटा बङ्गुर मरेका छन्। उपचारको कुनै उपाय नभएको यो रोगबाट चितवनको भरतपुर महानगरपालिका–६ मा यो रोग देखा परेको थियो। पछिल्लो विवरणअनुसार अहिलेसम्म चार हजार ४९० वटा बङ्गुर मरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिनुभयो। पशुसेवा विज्ञ केन्द्रका अनुसार हालसम्म चितवनका चारवटा फार्ममा अफ्रिकन स्वाइन फिभर भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। यसबाट कम्तीमा पाँच करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ।
दोलखामा समानुपातिकतर्फ एमालेको अग्रता
दोलखामा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहँदा समानुपातिकतर्फ भने नेकपा (एमाले) ले अग्रता लिएको छ । प्राप्त मत परिणामअनुसार प्रतनिधि सभा समानुपातिकतर्फ १७ हजार ३६८ मत गणना हुँदा एमालेले ६ हजार २८६ मत प्राप्त गरेको छ ।
३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो (फोटो फिचर)
शनिबार ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समावेशी विकासका लागि रुपान्तरिक समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
खुलामञ्चमा तीन तहको पार्किङ बन्ने (फोटो फिचर)
प्रयोगविहीन बन्दै आएको काठमाडौं महानगरपालिका वडा नम्बर २८ को खुलामञ्चमा तीन तहको पार्किङ निर्माण हुने भएको छ। काठमाडौं महानगरले यसलाई तीन तहको भूमिगत पार्किङ ‘ट्रिपल बेसमेन्ट’ भनेको छ।
दोलखामा एक हजार ९५ मतले कार्कीको अग्रता
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । आज मध्यान्हसम्मको गणनाअनुसार कार्की १ हजार ९५ मतले अगाडि रहनुभएको छ ।
दलमाथि प्रश्न उठ्नेगरी परिणाम आयो : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको बताउनुभएको छ । दलहरूमाथि प्रश्न उठनेगरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उहाँको भनाइ छ ।
काभ्रेपलाञ्चोकमा समानुपातिकतर्फ एमाले ठूलो दल
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनाको काम सकिएको छ । मतगणना सम्पन्न भएसँगै काभ्रेपलाञ्चोक जिल्लामा जनमतको हिसाबले नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
त्रिभुवन विश्वविद्यालयले २८ उत्कृष्ट विद्यार्थीलाई दीक्षान्त पदक दिने [नामावली सहित]
त्रिभुवन विश्वविद्यालयले विभिन्न तहमा लिइएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २८ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गर्ने भएको छ । शनिबार गोरखापत्र दैनिकमा पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गर्दै पदक दिने जनाएको हो ।
अठचालीस वर्षपछि फर्काइयो बुद्ध मूर्ति
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ बाट करिब ४८ वर्ष पहिले हराएको शाक्यमुनि बुद्धको मूर्ति पुनः बनेपा फर्काइएको छ। पुरातत्व विभाग र बनेपा नगरपालिकाको पहलमा राष्ट्रिय सङ्ग्रहालयमा राखिएको उक्त मूर्तिलाई ४८ वर्षपछि पुनः बनेपा ल्याइएको हो। २०३१ सालमा बनेपा नगरपालिका–८, बहीटोलबाट शाक्यमुनि बुद्धको मूर्ति हराएको थियो।
एकल पुरुषलाई भत्ता
सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।