• १२ असोज २०८१, शनिबार

दोलखामा एमालेका सिवाकोटी अगाडि

blog

बाबुराम शर्मा 

दोलखा, मङ्सिर १८ गते । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा भएको प्रारम्भिक मत गणनाअनुसार सुरुदेखि अग्रतामा रहेका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीलाई उछिन्दै नेकपा (एमाले) बालकृष्ण सिवाकोटीले अग्रता लिनु भएको  छ । 

आइतबार बिहान ५ बजेसम्म ३४ हजार ४८१ मत गणना गर्दा नेकपा माओवादीका कार्कीभन्दा एक हजार १६५ को मतान्तरले एमालेका सिवाकोटीको अग्रता रहेको छ । सिवाकोटीले १५ हजार २६३ मत दपाउनु भएको छ भने कार्कीले १४ हजार ९८ मतले पछ्याइरहनु भएको छ । घण्टीका जगदीश खरेलले दुई हजार २१ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसै गरी प्रदेश सभा २ मा पनि ३६ हजार मत गन्दा सुरुदेखि अग्रता कायम राख्नु भएका नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार ७५२ मतले पछि पार्दै अग्रता कायम गर्नु भएको छ । नेकपा एमालेका भरतबहादुर केसीले १६ हजार ८१० मत पाउनु भएको छ  भने लामाले १५ हजार ५८ पाउनु भएको छ । प्रदेश १ मा २९ हजार ४६३ मत गन्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तीन हजार २४२ मतान्तरले अग्रतामा हुनु हुन्छ । काफलेले १४ हजार ७५९ मत पाएपछि जितको नजिक हुनु हुन्छ । एमालेका नरबहादुर श्रेष्ठले ११ हजार ५१७ पाएर पछ्याइरहनु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनु भयो ।