• १२ असोज २०८१, शनिबार

दोखला (क) बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी

blog

बाबुराम शर्मा

दोखला, मङसिर १८ गते । दोलखा जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएको छ । 

उहाँ २३ हजार २३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार नरबहादुर श्रेष्ठले १५ हजार ३५६ प्राप्त गर्नुभएको छ । 

नेता काफ्ले सात हजार ८७५ मत अन्तरले विजयी हुनुभएको हो । उहाँले मत गणनाको प्रारम्भिक चरणबाटै अग्रता लिनुभएको थियो । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतगणना सकिएको जानकारी दिँदै आयोगले औपचारिक घोषणा गर्ने प्रक्रियाको चरणमा रहेको बताउनु भयो । 

यो प्रदेशमा ११ दल र सात स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । एक हजार १९२ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो स्थान आगटेको छ । 

प्रदेश (ख) तर्फ यसअघि नै नेकपा (एमाले) का भरतबहादुर केसी. विजयी हुनुभएको छ । प्रतिनिधिसभा तर्फको मतगणना जारी छ ।