• १२ असोज २०८१, शनिबार

दोलखाको मतगणना परिणाम

माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की ११९५ मतले अघि

blog

सुजन काफ्ले

चरिकोट, मंसिर १९ गते । दोलखा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी पछिल्लो मत गणनाअनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले आफ्नो प्रतिस्पर्धीलाई ११९५ मतले पछाडि पार्नुभएको छ ।

पछिल्लो परिणामअनुसार कार्कीले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीभन्दा ११९५ मतले अघि हुनुभएको हो । कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गर्नु भएको छ । पछिल्लो भुषाफेदाको मत गणना गर्दा यो अन्तर देखिएको हो । 

अब सैलुङ गाउँपालिका १ दुधपोखरी र मेलुङ गाउँपालिका १ पवटीको मत परिणाम आउन बाँकी छ । सम्भवतः डेढ घण्टामा अन्तिम परिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।