• १२ असोज २०८१, शनिबार

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की विजयी

blog

सुजन काफ्ले

दोलखा, मंसिर १९ गते । दोलखा प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।

मत परिणामअनुसार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।