काठमाडौं १० को (क) मा कांग्रेसका पुकार महर्जन विजयी
काठमाडौं निर्वाचन क्षेत्र नं. १० को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । महर्जनले १० हजार ८२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं ६ को (क) मा कांग्रेसका हरिप्रभा खड्गी विजयी
काठमाडौं निर्वाचन क्षेत्र नं. ६ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गी विजयी हुनुभएको छ । खड्गीले चार हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
मेलम्चीको पानी सुरुङमा पठाउन सुरु
काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौंमा वितरण सुरु हुने भएको छ ।
चितवनमा स्वतन्त्र पार्टी पहिलो बन्यो
पुराना पार्टीलाई पछि पार्दै चितवन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राजनीतिक दल बनेको छ। समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो। तीन निर्वाचन क्षेत्रबाट रास्वपा ९९ हजार ३७ मत ल्याएर पहिलो दल बनेको छ। नेकपा (एमाले) ५५ हजार ३१२ मत ल्याएर दोस्रो र नेपाली कांग्रेस ३९ हजार १३० मत ल्याएर तेस्रो भएको छ।
दनुवार सङ्ग्रहालय निर्माण अलपत्र
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायको कला, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न निर्माण सुरु गरिएको दनुवार कला सङ्ग्रहालय बजेट अभावमा अलपत्र बनेको छ। दनुवार जागरण समितिले २०७६ सालमा नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण सुरु गरिएको उक्त सङ्ग्रहालयको काम अहिले बजेट अभावमा अघि बढ्न सकेको छैन। सिन्धुली जिल्लाको दुधौली नगरपालिका–५, सिर्थौलीमा पाँच हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुन लागेको दनुवार कला सङ्ग्रहालयको डीपीआरअनुसार निर्माण लागत ११ करोड ६९ लाख रुपियाँ रहेको समितिले जनाएको छ।
प्रदेशका मन्त्रीदेखि पूर्वसभामुखसम्म पराजित
गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका वर्तमान मन्त्रीदेखि निवर्तमान सभामुखसम्म पराजित हुनुभएको छ। वर्तमान १८ सदस्यीय मन्त्रिमण्डलका मुख्यमन्त्रीसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गरी आठ मन्त्री उम्मेदवार बनेकामा एक मात्र मन्त्री पराजित हुनुभएको छ। नेकपा (माओवादी केन्द्र)बाट चितवन जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को (क)मा प्रदेश सभा सदस्य उम्मेदवार बन्नुभएका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल नेकपा (एमाले)का कृष्णप्रसाद सिलवालसँग पराजित हुनुभएको हो।
तल्ला कक्षामा पढाउने शिक्षक अभाव
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशमा विद्यालय तह (कक्षा ११ र १२)मा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको वातावरण विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरयुक्त बनाउनुपर्ने भए पनि यही तहमा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभयो।
पढाउनभन्दा विद्यार्थी जोगाउनै चुनौती
सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षहरू, बालमैत्री एवं छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, इन्डोर र आउटडोर खेल मैदानहरू हरेक विद्यालयको न्यूनतम आधारभूत आवश्यकताहरू हुन् तर रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरमा रहेको भीमेश्वर आधारभूत विद्यालयमा यी कुनै पनि पूर्वाधार पुग्न सकेको छैन। मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्कमा रहेको यो विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म पढाइ हुन्छ। यो विद्यालयसँग ३४ जना विद्यार्थी पढिरहेको तथ्याङ्क भए पनि नियमित पढ्न विद्यालय आउने विद्यार्थी निकै कम छन्।
काभ्रेका १२ जना उम्मेदवारले सय मत पनि पाएनन्
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलान्चोक जिल्लाको दुई प्रतिनिधि सभा र त्यसअन्तर्गतको प्रदेश सभामा उम्मेदवारी दिनुभएका उम्मेदवारमध्ये एक दर्जन उम्मेदवारले एक सय भन्दा कम मत प्राप्त गर्नुभएको छ । जिल्लामा दुई प्रतिनिधि सभा र त्यस अन्तर्गतका प्रदेश सभामा गरी कुल ६४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा
गत २०७२ को भूकम्पबाट क्षति पुगेका विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प गएको साढे सात वर्ष पुग्दा विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । शिक्षा विकास समन्वय एकाइका अनुसार जिल्लामा भूकम्पबाट क्षति पुगेकामध्ये १० वटा विद्यालयको भवन निर्माणको काम अन्तिम चरणमा पुगेसँगै पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जनाइएको छ ।
एक सय मत नकटाउने चौबीस उम्मेदवार
गत आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि गरी ६९ जना उम्मेदवार रहेकोमा २४ जना उम्मेदवारको सयभन्दा कम मत आएको छ। निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार प्रतिनिधि सभाको दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि सभा सदस्यका २६ जना उम्मेदवार रहेकोमा नौ जनाले एक सयभन्दा कम मत प्राप्त गरेका छन्। आठ मत मात्र पाउने उम्मेदवारसमेत रहेका छन्।
रामेछापबाट काँग्रेसका कान्छाराम विजयी
रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ ।
नुवाकोट–१ (क) मा माओवादीका राधिका तामाङ विजयी
नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ ।
गौशाला धर्मशाला सञ्चालन सम्झौता रद्द गरिने, कोष कानुनी उपचारमा जाने
पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौता विपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको छ ।
सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेस विजयी
सिन्धुली १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ। पहाडी १५ हजार ६२१ मत ल्याएर विजयी हुनुभएको हो।
नुवाकोट १ मा माओवादी केन्द्रका तामाङ विजयी
नुवाकोट क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ ।
नुवाकोट–२ (ख) मा कांग्रेसका बहादुरसिंह विजयी
नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश– (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित हुनुभएको छ ।
सिन्धुपाल्चोकमा बस्नेतको ह्याट्रिक जित
सङ्घीय सांसदमा सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ह्याट्रिक जित हासिल गर्नुभएको छ । २०५६, २०७० साल र २०७९ को संसदीय निर्वाचनमा भारी मतले विजय प्राप्त गरी बस्नेतले ह्याट्रिक जित निकाल्नु भएको हो ।
काभ्रेपलान्चोक १ मा माओवादीका सूर्यमान दोङ विजयी
काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ (दोङ) विजयी हुनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनु भएको हो ।
नुवाकोट २ बाट काँग्रेस नेता केसी विजयी
प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनु भएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनु भएको हो ।
चितवन ३ मा राप्रपाका पाण्डे विजयी
चितवन ३ बाट राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विक्रम पाण्डे प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा छ । निर्माण व्यवसायी पाण्डेले खसेको ९४ हजार २८० मत मध्ये ३५ हजार ५५ मत प्राप्त गर्नुभएको छ ।
चितवन ३ (ख) बाट माओवादीका ढकाल
चितवन क्षेत्र नम्बर ३ (ख) वाट नेकपा (माओवादी केन्द्र)का ठाकुर ढकाल निर्वाचित हुनुभएको छ । माडी नगर पालिकाका पूर्व मेयर ढकालले १५ हजार ४६१ मत ल्याएर निर्वाचित हुनु भएको हो ।
धादिङ -२ मा कांग्रेसका रामनाथ अधिकारी विजयी
मुरारी अधिकारीधादिङ, मंसिर ९ गते । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ। धादिङ कांग्रेसका जिल्ला समापति अधिकारीले नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गर्नुभएको हो।कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाउनुभएको छ भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाउनुभएको छ। यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको थियो।
जनमतको सम्मान गरेर काम गर्छौ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमतलाई कदर गरेर काम गर्ने बताउनुभएको छ।