धादिङ क्षेत्र नं २ (ख) मा राप्रपाका डम्बर तामाङ विजयी
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा राप्रपाका डम्बर तामाङ विजयी हुनुभएको छ ।
प्रदेश सभामा दोस्रो पटक पुलामी विजयी
मकवानपुरको १ को (क) बाट लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएको छ ।
विरोध खतिवडालाई हराउँदै बर्तौला निर्वाचित
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका विरोध खतिवडालाई पराजित गर्दै नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित बन्नुभएको छ ।
चितवन २ (क) एमाले र ३(क) मा राप्रपा विजयी
बागमती प्रदेश सभा तर्फ चितवन २ (क) वाट नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सिलवाल निर्वाचित हुनुभएको छ ।
ललितपुरबाट तोसिमा कार्की विजयी
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ।
सिन्धुपाल्चोक १ (ख) मा माओवादी केन्द्रका सरल विजयी
प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ ।
प्रतिनिधि सभा–१ मा गठबन्धनका माधव विजयी
सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा (सुबोध) विजयी हुनु भएको छ ।
मतगणना नसकिँदै कमल थापाद्वारा हार स्वीकार
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतगणना जारी हुँदा हार स्वीकार गर्नुभएको छ ।
सिन्धुपाल्चोक २ को (क) माओवादीका युवराज विजयी
प्रतिनिधि सभा–२ को (क) मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल ‘शरद’ विजयी हुनु भएको छ ।
सिन्धुपाल्चोक २ (क) मा दुलाल विजयी
सिन्धुपाल्चोकको प्रतिनिधि सभा २ को प्रदेशसभा क बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी हुनुभएको छ ।
मकवानपुरको २ (क) मा माओवादी केन्द्रका मुक्तान विजयी
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को (क) बाट वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मुक्तान निर्वाचित हुनुभएको छ ।
काठमाडौं क्षेत्र नं. (५ ख) कांग्रेसका खड्का विजयी
काठमाडौं क्षेत्र नं. ५ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हु भएको छ ।
धादिङ क्षेत्र २ प्रदेश (क) मा कांग्रेसका लम्साल विजयी
धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द लम्साल विजयी हुनुभएको छ ।
कांग्रेस प्रदेश सभापति बानियाँ विजयी
आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यमा मकवानपुरमा सत्ता गठबन्धनबाट उम्मेदवार इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।
तोसिमा कार्कीको नौ हजार बढी मतले अग्रता
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
धादिङ १ (क) मा नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी
धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा नेपाली कांग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
काठमाडौं–३ (ख) मा ठकुरी विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट मा कांग्रेसका उम्मेदवार विमल ठकुरी निर्वाचित हुनुभएको छ ।
काठमाडौं १ (ख)मा कांग्रेसका सुरजचन्द्र लामिछाने विजयी
काठमाडौं–१ प्रदेशसभा (ख) नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले चार हजार ५१० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
काठमाडौं १ (क)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी
काठमाडौं–१ प्रदेशसभा (क) मा कांग्रेस दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ ।
तस्बिरमा उपत्यकामा विजय उत्सव
मङ्सिर ४ गते भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडाैं उपत्यकामा निर्वाचित हुनुभएका उम्मेदवारहरूकाे विजय जुलुस निकालिएकाे छ । विजय जुलुसमार्फत् विजयी उम्मेदवारहरूले सहयाेग गर्नुभएका मतदाताहरूलाई सधन्यवाद दिनुभयाे ।
भक्तपुर -२ 'ख' एकीकृत समाजवादीका श्रेष्ठ अगाडि
भक्तपुर, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका राजेन्द्र मान श्रेष्ठ अगाडि हुनुभएको छ ।
तोसिमा कार्कीको आठ हजारभन्दा बढी मतले अग्रता
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले आठ हजार ३३० मत अन्तरले अग्रता लिनुभएको हो ।
२१ हजार अन्तरले सिन्धुली २ बाट माओवादीका लेखनाथ विजयी
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ मा पहिलो विजयी खाता खोलेको छ । सत्ता गठबन्धन दलको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेख नाथ दाहाल 'राजन'ले भारी मतका साथ विजयी हुनुभएकाे छ ।
काठमाडौं २ (ख) मा राप्रपाका राजु विष्ट विजयी
काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट विजयी हुनुभएको छ ।