• ९ मंसिर २०८१, आइतबार

मकवानपुरको २ (क) मा माओवादी केन्द्रका मुक्तान विजयी

blog

मकवानपुरमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य कुमारी मुक्तान । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, मङ्सिर ८ गते । 
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को (क) बाट वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मुक्तान निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार मुक्तानले नेकपा (एमाले) का विष्णुप्रसाद ढकाललाई ३२२ मतले पराजित गर्नुभएको हो ।

बागमती प्रदेशको सामाजिक विकासमन्त्रीसमेत रहनुभएका मुक्तानले १९ हजार ८७३ मत प्राप्त गर्दा एमालेका ढकालले १९ हजार ५५१ मत प्राप्त गर्नुभएको छ । २०६४ को संविधान सभा सदस्यमा निर्वाचित मुक्तान यसअघि सोही क्षेत्रबाट २०७४ सालमा भएको निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित बन्नुभएको थियो ।

४५ हजार ८५३ मत खसेकोमा एक हजार ५९९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि बुधबार साँझ सार्वजनिक मत परिणामअनुसार सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका इन्द्रबहादुर बानियाँ प्रतिनिधि सभा क्षेत्र नं. २ को (ख) बाट र नेकपा एमालेको एकालाल श्रेष्ठ प्रतिनिधि सभा क्षेत्र नं. १ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।