• ९ मंसिर २०८१, आइतबार

भक्तपुर -२ 'ख' एकीकृत समाजवादीका श्रेष्ठ अगाडि

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ७ गते । भक्तपुर, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ अगाडि हुनुभएको छ । 

श्रेष्ठ सात हजार ३६९ मतले अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा (एमाले)का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठले छ हजार ९५८ मतले पछ्याउँदै हुनुहुन्छ ।

नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले पाँच हजार ९८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चकृष्ण श्रेष्ठले तीन हजार ३३३ मत र स्वतन्त्रका प्रेमनाथ श्रेष्ठले ३८७ मत प्राप्त गर्नुभएको छ ।