काठमाडौं १ का निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण (फोटो फिचर)
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
काभ्रेपलाञ्चोक २ मा एमालेका गोकुल बाँस्कोटा विजयी
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ ।
महिला हिंसाविरुद्धको १६दिने अभियान सुरु
महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाडौँ उपत्यका लगायत देशैभरका विभिन्न स्थानमा र्याली सहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।
रामेछाप प्रदेश (क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी
रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ ।
काभ्रेपलाञ्चोक १ को (ख) मा कांग्रेसका तीर्थबहादुर लामा विजयी
काभ्रेपलाञ्चोक जिल्लाको थप दुई प्रदेश सभा सदस्यमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ । जिल्लाको प्रतिनिधिसभा १ अन्तर्गतको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थबहादुर लामाले नेकपा (एमाले) का उम्मेदवार चन्द्रबहादुर लामालाई तीन मतले पराजित गर्नुभएको छ ।
चितवन १ (ख) वाट समाजवादीका खनाल विजयी
चितवन १ (ख) वाट बागमती प्रदेश सभा सदस्यमा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी हुनुभएको छ ।
धादिङ क्षेत्र १ प्रदेश २ मा सालिकराम जम्कटेल विजयी
धादिङ क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्रका) नेता सालिकराम जम्कटेल विजयी हुनुभएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ मा कांग्रेसका बस्नेत विजयी
प्रतिनिधि सभा–२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।
धादिङ १ मा समाजवादीका पाण्डे विजयी
धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको छ ।
सिन्धुपाल्चोक २ (ख) मा कांग्रेसका तामाङ विजयी
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख मा कृष्णकुमार तामाङ निर्वाचित हुनुभएको छ। नेकपा एमालेका उम्मेदवार हस्त बहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्दै उहाँ विजय हुनुभएको हो ।
काभ्रे २ प्रदेशसभा (क) मा समाजवादीका लक्ष्मण लम्साल विजयी
काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्म्बर २ को प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल विजयी हुनुभएको छ।
म्यादी प्रहरीको बिदाइ (फोटो फिचर)
प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ ।
उपत्यकामा कांग्रेस सात, रास्वपा पाँच, एमाले दुई र नेमकिपा एक क्षेत्रमा विजयी
काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रकाे मतपरिणामअनुसार नेपाली कांग्रेस सात, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँच, नेकपा एमाले दुई र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) एक क्षेत्रमा विजयी भएकाे छ ।
काभ्रेपलाञ्चोक १ प्रदेश (क) मा माओवादीका ढकाल विजयी
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्न ढकाल विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा ढकाल दोस्रो पटक विजयी हुनुभएको हो । विजयी हुनुभएका ढकालले एमालेका उम्मदेवार दिलबहादुर तामाङ (दिलिप) लाई नौ हजार ४४२ मतान्तरले पराजित गर्नुभयो । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने एमालेका तामाङ ११ हजार २७८ मत प्राप्त गर्नुभयो ।
चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल विजयी
चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार ५८१ मतले पछि पर्नुहुँदै ढकाल विजयी हुनुभएको हो ।
कटुवा पेस्तोलसहित दुई जना बुङमतिबाट पक्राउ
ललितपुर महानगरपालिका–२५ सोह्रखुट्टेबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
चितवन १ (क) बाट एमालेका थपलिया भारी मतान्तरले निर्वाचित
चितवन १ (क) बाट बागमती प्रदेश सभाको सदस्यमा नेकपा एमालेका जगन्नाथ थपलिया भारी मतान्तरले निर्वाचित हुनुभएको छ । यद्यपि, निर्वाचन आयोगले भने यसको आधिकारिक घोषणा गर्न बाँकी छ ।
दुर्लभ थापाको विजय जुलुस
भक्तपुर– २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ। थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयो ।
मकवानपुर १ मा राप्रपाका सिंह विजयी
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।
भक्तपुर –२ मा कांग्रेसका थापा विजयी
भक्तपुर – २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुली–१ मा कांग्रेसका घिमिरे निर्वाचित
सिन्धुली – १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे ।
भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजयी
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्नु भएको छ ।
भक्तपुर १ प्रदेशसभा (ख)मा नेमकिपाका गोसाइँ विजयी
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।
चितवन-२ मा रवि लामिछाने विजयी
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।