बागमती प्रदेश सभाका सदस्यहरूद्वारा शपथ ग्रहण
बागमती प्रदेश सभाका सदस्यहरूलाई बिहीबार शपथ ग्रहण गराइएको छ । प्रदेश सभा सदस्यहरूको शपथ हेटौँडा उपमहानगरपालिका –१० स्थित प्रदेश सभाको सभा हलमा भएको कार्यक्रममा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउनुभयो ।
सुकुम्वासी बस्ती हटाउने कार्यमा समन्वय गर्न गृहसँग महानगरको अनुरोध
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारामा बस्दै आएका सुकुम्वासी बस्ती हटाउन आवश्यक सहयोग एवम् समन्वय गर्न गृह मन्त्रालयसँग अनुरोध गरेको छ ।
बागमती प्रदेश सभा बैठक पुस १८ गतेका लागि आह्वान
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेश सभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
सिफारिस गर्न म्याद थप
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अन्तर्घात र असहयोग गर्नेहरूमाथि कारबाहीको सिफारिस गर्न माघ १५ गतेसम्मको समय दिएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्तिमार्फत पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेविरुद्ध परेका उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने समय थप गरिएको बताउनुभयो।
महाभारत गाउँपालिका जोड्ने पुल अलपत्र
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम अलपत्र परेको छ। महाभारत गाउँपालिका–४, तीनखुट्टेस्थित खानीखोला र पार्वती खोलामा पुल निर्माणाधीन अवस्थामा छ। सो पुल निर्माणका लागि २०७८ असारमा मृत सञ्जीवनी प्रदेज जेभीसँग सम्झौता भएको थियो।
जिरीलाई ‘रिब्रान्डिङ’ गर्ने तयारी
कुनै दिन मिनी स्विट्जरल्यान्डका रूपमा चिनिएको जिरी सुनसान बन्न लागेपछि जनप्रतिनिधि जिरीलाई नयाँ स्वरूपमा ‘रिब्रान्डिङ’ गर्ने तयारीमा रहेका छन्। आन्तरिक पर्यटकलाई लक्षित गरेर जिरीलाई नयाँ ढाँचामा लैजान यो योजना अघि सारिएको जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले बताउनुभयो।
बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ
बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ लिनुभएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको सचिवालयमा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभा ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ गराउनुभएको हो ।
धान उत्पादन बढ्यो, बिहीबार विवरण सार्वजनिक हुने
यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केही प्रतिशत वृद्धि भएको छ ।
चिकित्सक सङ्घको अवधारणापत्र सार्वजनिक
पेसागत समावेशी समूहको नेतृत्व गर्नुभएका डा. सन्तोष पौडेल समूहले नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिले हुन गइरहेको निर्वाचनका लागि सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
४३ लाख रुपियाँ भ्रष्टाचार आरोपमा प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
रुपन्देहीमा कोटहीमाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित सात जनामाथि भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट
सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ ।
कांग्रेस बागमती दलको नेतामा लामा निर्वाचित
बागमती प्रदेश प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत ल्याउनुभयो ।
अव्यवस्थित तार हटाएर ठमेललाई सफा र सुन्दर बनाइँदै
पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।
मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी
मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालको अध्यक्षमा पौडेल नियुक्त
झण्डै दुई महिनादेखि अध्यक्षविहीन भएको भरतपुर अस्पताल विकास समितिले बुधबार अध्यक्ष पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी राजु पौडेललाई नियुक्त गरेपछि अस्पतालले अध्यक्ष पाएको हो ।
नारायणी नदीमा मोटरबोट
छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकका लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ ।
रत्नराज्यमा झडपः ४ जना विद्यार्थी नेता घाइते, एकजनाकाे अवस्था गम्भीर
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाईते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।
संसदीय दलको नेतामा तामाङ र बानियाँको उम्मेदवारी
बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ । तामाङ र बानियाँ दुवै संस्थापन पक्षका हुनुहुन्छ ।
एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो
झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाउँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो रहेको छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ ।
शैक्षिक कार्यक्रम अन्तर्राष्ट्रियकरण गर्दै केयू
काठमाडौँ विश्वविद्यालय (केयू)ले आफूले सञ्चालन गर्दै आएको योगिक साइन्स, हेल्थ मेनेजमेन्ट र हस्पिटालिटी मेनेजमेन्टलगायतका विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान सुरु गरेको छ। विश्वविद्यालयले भारतको आन्ध्र प्रदेश तिरुपतिस्थित विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसँग आफ्ना कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सम्भाव्यता (आशय) पत्रमा हस्ताक्षर गरेको छ।
पहिरोमा पहरा दिएर पढाइ
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ खन्नेखर्कस्थित भूमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक ताराकुमारी कार्कीलाई विद्यालयको समयमा पढाइभन्दा बालबालिकालाई पहिरोमा परेर लड्लान भन्ने पिरलो पर्ने गर्छ। विद्यालयकै आँगनमा गएको पहिरोबाट कतिखेर बालबालिका लड्ने हुन् भन्ने उहाँलाई चिन्ता लाग्दा पढाइसमेत प्रभावित हुने गरेको छ।
विकास निर्माणले सहरी क्षेत्रका वनस्पति नासिँदै
भरतपुर महानगरपालिकामा भौतिक संरचना निर्माणको क्रममा वनस्पतिको विनाश भएकोप्रति चिन्ता व्यक्त गरिएको छ। चितवनको नारायणगढदेखि गोन्द्राङसम्म निर्माणाधीन छ लेन सडकको दायाँबायाँ रहेका रुख काटिएको भन्दै वातावरणविज्ञदेखि सर्वसाधारणले यसप्रति चिन्ता व्यक्त गरेका हुन्। विकाससँगै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।
संघद्वारा ६ जना गुरूङ पत्रकार पुरस्कृत
तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन) ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’ बाट विभिन्न विधामा ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रवीन गुरूङले जानकारी दिनुभयो ।
धुँवा फाल्ने १३ वटा सवारी साधन कारबाहीमा
काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकजाँचमा अत्यधिक धुँवा फाल्ने १३ वटा सवारी साधनलाई कारबाहीमा परेका छन्।