• २० असोज २०८१, आइतबार

माइती नेपालले गर्‍यो २९ युवतीको उद्धार

blog

उद्धार गरेपछि परामर्शमा सहभागी भएका युवती । तस्बिर : माइती नेपाल

काठमाडौं, पुस १४ गते। मनोरञ्जनका नाममा असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालले उद्धार गरेको छ।

गौशाला प्रहरीसँगको समन्वयमा माइती नेपालले तिलगंगा, रातोपुल, गौशाला, चाबहिल क्षेत्रबाट वयस्क मनोरञ्जन क्षेत्रमा असुरक्षित रुपमा काम गरेका २९ युवतीलाई उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये २९ युवतीमा १० जनालाई परामर्शपछि माइती नेपालको समन्वयमा रोजगारीमा लगाइएको छ । 

अन्य १९ युवा युवती फेरि कहिल्यै वयस्कलाई मनोरञ्जन क्षेत्रमा काममा नफर्किने प्रतिबद्धतापछि उनीहरूको परिवारमा पुनर्मिलन गराइएको माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले जानकारी दिनुभयो ।

माइती नेपालबाट प्रदान गरिएको परामर्शले उनीहरूलाई आफ्नो पुरानै जीवनलाई फर्कन सहमत भएका थिए । 

असुरक्षित रुपमा काम गरिरहेका युवतीसहित बेचबिखनमा परेका महिलालाई माइती नेपालले उद्धार गरेर पुनर्स्थापना गर्दै आएको छ । पछिल्लो तीन दशकमा विदेशमा बेचिएका ५० हजार भन्दाबढी युवतीलाई माइती नेपालको पहलमा उद्धार गरेर नेपाल फिर्ता गराइएको छ।

बेचबिखनमा परेर परिवारबाट टाढा रहेका तथा असहाय बनेका महिला तथा युवतीलाई माइती नेपालले विभिन्न सिपमूलक तालिममार्फत स्वरोजगार समेत बनाउँदै आएको छ।